News Category 2073/04/05

एकै दिन दुई मोटरसाइकल चोरी

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ४ साउन । 
स्थानीय प्रशासनको लापर्वाहीका कारणले सप्तरी सदरमुकाम राजविराजमा मोटरसाईकल चोरी गर्नेहरु बढेका छन् ।
राजविराजस्थित माईक्रो स्टेण्डदेखि पश्चिम दुर्गा प्रसाद साहको घर नजिकको गल्लीबाट विजय कुमार साहको स.४ प २३६६ कालो रंगको सुपर स्पेलेण्डर र गेना लाल साहको स.२ प ८४१३ नम्बरको यमाहा बाईबिआर मोटरसाईकल एकै दिन चोरी भएको छ । 
गत शनिबार राति सो गल्लीमा राखिएको दुई वटै मोटरसाईकल चोरी भएको पीडितहरुले बताएका छन ।
यसैबिच मोटरसाईकल चोरी भएको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा समेत उजुरी दिएपनि अझै मोटरसाईकल तथा मोटरसाईकल चोरको फेला नपरेको पीडितले बताएका छन ।
यता मोटरसाईकल चोरी कसले गरेको खुल्न नसकेपनि चोरको खोजी कार्य तिव्र रुपमा भईरहेको जिल्ला प्रहरी कर्याालय सप्तरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट