News Category 2073/04/05

ट्रयाक्टरको ठक्करबाट एक युवतीको मृत्यु, माइक्रो पल्टिदा चार घाइते

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ४ साउन । 
सप्तरीमा मंगलबार भएको छुट्टाछुट्टै सवारी दुर्घटनमा एक जनाको मृत्यु भएको छ भने चार जना घाईते भएका छन ।
जिल्लाको कंचनरुप नगरपालिका ८ मा स १ त ४००४ नम्बरको ट्रयाक्टरले सोही ठाउँ बस्ने ३५ बर्षिया बौकी सरदारलाई ठक्कर दिदा महिलाको घटनास्थलमै मृत्यु भएको हो । 
ठक्कर पश्चात ट्याक्टर छाडी चालक फरार भएका छन् । यता फरार चालकको इलाका प्रहरी कार्यालय कंचनपुरबाट खोजी भइरहेको प्रहरीले जनाएको छ । 
त्यसैगरी सप्तरीको पोर्ताहा गाविस ८ स्थित राजमार्गमा पूर्वतर्फ आउदै गरेको बा ३ ख ८०९६ नम्बरको माइक्रो अनियन्त्रित भइ पल्टिदा माइक्रोमा सवार झापा तोपगाछी ५ बस्ने शान्त कुमारी राई, मुना पौडेल, काठमाडौ कोटेश्वर बस्ने सुनिता श्रेष्ठ र गोठाटार बस्ने सकुन कुमारी घिमिरे घाइते भएका छन् । 
घाइते चारै जनाको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने माइक्रोका चालकलाई इलाका प्रहरी कार्यालय भारदहले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट