News Category 2073/04/06

सामान्य वर्षामा पनि आवतजावतमा कठिनाई

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ५ साउन । 
सप्तरीको कबिलासा गाविसस्थित जुडी नदीमा आएको बाढीका कारण त्यहाँका करिब दुई हजार विगहा खेती योग्य जग्गा डुबानमा परेपछि स्थानीय किसानहरु चिन्तित बनेका छन् ।
बर्षाका कारण नदीमा आएको बाढीले गर्दा कबिलासा गाविस वडा न. ३, ४, ५, ६ र ७ का किसानहरुले लगाएको करिब दुई हजार विगहा खेति योग्य जग्गा डुबानमा परेको हो । 
नदीमा आउने बाढीका कारण खेती योग्य जग्गासहित त्यहाँका करिब एक हजार भन्दा बढी घरधुरीले वर्षेनी समस्या खेप्नु परेको स्थानीय कृषक बुधेश्वर यादवले बताउनुभयो । 
त्यस्तै लगातारको बर्षाका कारण नदीमा आएको बाढीले अहिले कविलासा गाविस आवत जावतमा सर्वसाधारणहरुलाई निकै कठिनाई भएको छ । सामान्य वर्षामा पनि सो नदीमा बाढी आउनाले पैदल हिडेर पनि आवत जावत गर्न नसकिने अवस्था रहेको स्थानीय युवा नेता जिवन कुमार यादवले बताउनुभयो । 
यादवले बर्षौदेखि जुडी नदीका कारणले कविलासाबासीहरुलाई समस्या खेप्नुपर्दा पनि सम्बन्धित निकायको ध्यानाकर्षण हुन नसकेको गुनासो गर्नुभयो । 
सामान्य वर्षामा पनि उक्त नदीमा करिब पाँच फिट पानी जमेपछि सर्वसाधारणहरुलाई लुगा फुकालेर आवत जावत गर्नुपर्ने बाध्यता रहेको छ । त्यस्तै बर्षा भएपछि मोटरसाईकल तथा साईकल समेतलाई आवत जावत गर्न कठिनाई हुने गरेको स्थानीयबासीहरुको गुनासो छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट