News Category 2073/04/06

१२ वर्षदेखी फरार अभियुक्त पक्राउ

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ५ साउन । 
विगत १२ वर्षदेखि फरार रहेका एक अभियुक्तलाई सप्तरी प्रहरीले बुधबार पक्राउ गरेकोे छ । 
आफ्नै छिमेकीलाई हत्या गरी फरार रहेका सप्तरीको गोबरगाढा २ घर भई हाल हनुमाननगर योगिनी माई नगरपालिका ६ बस्ने शिवचन्द्र भनिने दुःखी मण्डललाई प्रहरीले पक्राउ गरेको जनाएको छ । 
जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले घरमा लुकिरहेको अवस्थामा पक्राउ गरेको प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो । 
मण्डलले छिमेकी कुशेश्वर यादवलाई २०६० साउन १३ गते घरदेखि पर लगेर कञ्चटमा थ्रिनट थ्री बन्दुकले प्रहार गरी हत्या गरेका थिए । 
सो हत्यापछि फरार अभियुक्तलाई १२ वर्षपछि प्रहरीले पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक ढकालले बताउनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट