News Category 2073/04/06

युवा सम्मेलनका लागि कार्यालय प्रमुखहरुसँग छलफल

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ५ साउन । 
सप्तरी जिल्लामा पहिलोपटक आयोजना हुन गइरहेको युवा सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गराइदिन बुधबार युवा सम्मेलन मूल समारोह समितिले जिल्लाका कार्यालय प्रमुखहरुसँग छलफल गरेको छ ।
प्रमुख जिल्ला अधिकारीको निवासमा सम्पन्न छलफलमा युवा सम्मेलन मूल समारोह समितिका संयोजक श्रवणकुमार देवले युवा सम्मेलनको औचित्य, उद्देश्य यसबाट हुने उपलब्धीसहितका बिषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । 
संयोजक देवले सप्तरीकै इतिहासमा पहिलो पटक हुने जिल्ला सम्मेलनले युवाहरुलाई हौंसला प्रदान गर्ने बताउनुभयो । 
छलफलमा प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले जिल्ला युवा भेला हुनु राम्रो भएको बताउँदै यसमा आफूसहित सम्पूर्ण कार्यालयको सकारात्मक सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले अहिलेका युवाहरुलाई एकजुट भएर विकासका साथै हरेक गतिविधीमा सकृय हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । 
जिल्लाका अधिकांस कार्यालयका प्रमुखको सहभागिता रहेको बैठकमा युवा सम्मेलनले सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरिएको छ ।  
आगामी साउन २८ र २९ गते हुन लागेको उक्त सम्मेलनमा जिल्लाका ९१ गाविसका तथा पाँच वटै नगरपालिकाका युवाहरुको सहभागिता रहनेछ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट