News Category 2073/04/07

वर्षौदेखी पटेर्वावासी विद्युत सुविधा पाउन सकेनन्

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ६ साउन ।
सरकारले प्रत्येक गाविसमा विद्युत पु¥याउने लक्ष्य लिएपनि सप्तरीको पटेर्वा गाविसमा स्थानीयबासीहरु अझै विद्युतको मुख हेर्न पाएका छैनन् ।
जिल्लाको पटेर्वा गाविस वडा नं. १ देखि ६ सम्म थलहा सिस्वा टोलमा विद्युत नरहेको कारणले स्थानीयबासीहरु अन्धकारमै जिवन यापन गर्न बाध्य भएका छन् । विद्युतको पोल र तार जडान भएको वर्षौ भएपनि अझै विद्युतको मुख अझै पटेर्वा गाविसका स्थानीयबासीहरुले हेर्न पाएका छैनन् ।
विद्युत जडान हुन नसकेका कारणले त्यहाँँका करिब एक हजार घरधुरी अन्धकारमा जीवन यापन गर्दै आएको स्थानीयबासी एवं तराई मधेश राष्ट्रिय अभियानका जिल्ला सदस्य भगिरथ यादवले गुनासो गर्नुभयो ।
विद्युत नपुगेका कारणले त्यहाँका सयौ घर परिवारहरु बैकल्पिक रुपमा सोलार जडान गरी रात बिताउँदै आएका छन । त्यस्तै विद्युत नभएकै कारणले त्यहाँका स्थानीयबासीहरुले छिमेकी गाविसमा गएर मोवाईल चार्ज गर्ने देखि धान, चामल कुटान पिसान गर्न बाध्य रहेको स्थानीयहरुको भनाई छ ।
पटेर्वा गाविसको वडा न. १ पटेर्वामा विद्युतको पोल, तार र ट्रान्सर्फमर जडान भएपनि विद्युत जडान हुन नसकेको कारणले अन्य वडाहरुमा पनि विद्युत सुचारु हुन नसकेको स्थानीयबासीहरुको भनाई रहेको छ । पटेर्वाकै अन्य बाँकी वडाहरु २ देखि ६ नम्बर सम्ममा ट्रान्सफर्मर जडान हुन नसकेको कारण विद्युत बाल्न नसकिने अवस्था रहेको स्थानीयबासीहरुको आरोप छ ।
यता गाविस सचिव रामानन्द यादवले विद्युतको सम्बन्धमा पटक पटक नेपाल विद्युत प्राधिकरण तथा सम्बन्धित निकायमा जानकारी गराउँदा पनि आज भोली गरेर आलटाल गर्ने गरेको बताउनु भयो । यसैबिच सो सम्बन्धमा नेपाल विद्युत प्रािधकरण शाखा राजविराजका प्रमुख रघुवर साहसँग सम्पर्क गर्दा उहाँको मोवाईलमा सम्पर्क हुन सकेन ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट