News Category 2070/05/31

महाप्रबन्धकसहितको टोलीद्वारा खानेपानीको अनुगमन

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ३० भदौं । 
खानेपानी संस्थानका महाप्रबन्धक अर्जनु ढकाल लगायतको टोलीले आइतबार राजविराजस्थित खानेपानी संस्थानको अनुगमन गर्नुभएको छ । टोली पूर्वाञ्चलको अनुगमनको क्रममा राजविराज आइपुगेको हो । 
अनुगमनका क्रममा खानेपानीद्वारा प्रदान गरिएको सेवा सुविधा बारेमा टोलीले जानकारी लिएको छ । अनुगमनकै क्रममा ग्राहकहरुले समयमा बाँकी बक्यौता नबुझाएको तथा कार्यालय समयमा कर्मचारीको उपस्थिति नभएको टोलीमा सहभागि सत्य सुन्दर श्रेष्ठले जानकारी दिनुभयो । 
लामो समयदेखी खानेपानीको बाँकी बक्यौता नबुझाएका ग्राहकहरुको घरघरमा गएर टोलीले बक्यौता नबुझाएको कारण सोधेको श्रेष्ठले जानकारी दिुनुभयो । 
खानेपानी संस्थानद्वारा प्रदान गर्ने खानेपानी समयमा नआउने, पानी आएपनि फोहर पानी आउने, दिनको तीन पटक गरि जम्मा ३ घण्टा पानी आउने गरेको ग्राहकहरुले गुनासो गरेको टोलीका सदस्य श्रेष्ठले बताउनुभयो । 
यसअघि टोलीले सप्तरीसहित बिराटनगर, धरान, इलाम र लहानस्थित खानेपानी संस्थानको अनुगमन गरेको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट