News Category 2073/04/09

सप्तरीको करिब दुई हजार बढी घर डुवानमा कोसी ब्यारेजको ५६ मध्ये ३३ वटा ढोका खोलिए

दैनिक समाचारदाता

राजविराज÷शुक्रबार रातीदेखी भइरहेको मुसलधार वर्षाका कारण विभिन्न खोलामा आएको बाढीले सप्तरीको दुई हजार बढी घर डुबानमा परेको छ । 
कोसी नदीमा विहानैदेखि पानीको वहाव वढ्दै गएको कोसी व्यारेजस्थित नियन्त्रण कक्षले जनाएको छ । कोसी नदीमा २ लाख २२ हजार ४० क्यूसेक बहाव मापन गरिएको छ । कोसी ब्यारेजको ५६ मध्ये ३३ वटा ढोका खोलिएको छ । 
यस्तै लगातारको बर्षाका कारणले खाँडो नदी कटान भएपछि सकरपुरा गाविसको ९ वटै वडाका करिब ७ सय घर डुबानमा परेको छ । यस्तै निरन्तरको वर्षाले कोसी लगायत जिल्लाभरीका सवै जसो नदीहरुमा निरन्तर पानीको बहाव वढ्दै गएको छ ।
लगातारको बर्षाले करिब ५० फिट खाँडो नदी भत्किएर सर्वसाधारणहरुको घर घरमा पानी पसेपछि स्थानीयबासीहरु त्रसित बनेका छन् । त्यस्तै सप्तरीको रम्पुरा मल्हनिया गाविसका वडा न. ३, ४, ५, ६, ७, ८ र ९ का करिब दुई सय घर डुबानमा परेको छ । यस्तै लगातारको बर्षाले गर्दा जिल्लाको बरही बिरपुर गाविसका करिब एक सय बिगहा धान रोपेको खेत समेत डुबानमा परेपछि स्थानीय किसानहरु चिन्तित बनेका छन् ।
यता जिता नदीको बाढीले जिल्लाका महदेवा गाविसका १ सय घर, बथनाहाका ५० तथा भगतपुरमा २५ घरमा डुबेका छन् । राजविराज तीलाठी सडकखण्ड अन्तर्गत खाँडो खोलाले तिलाठीमा सडक कटान गरेको छ । जसकारण तिलाठी, लौनिया समेत डुवानमा परेको छ । यता तिलाठीस्थित राजविराज भन्सार कार्यालयको भवन समेत डुवानमा परेको छ । 
त्यसैगरी जिल्लाको महुली नदीमा आएको बाढीले सप्तरीको उत्तर पुर्वी भेगमा पर्ने भारदह र पोर्ता गाविसका ६ वटा वडाको ६० घर जति डुवानमा परेको छ । 
त्यसैगरी खडग नदीको कारणले जिल्लाको भुतही गाविस ४ न. वडाका सयौ घर डुबानमा परेका छन । बाढीले पोर्ताहा–त्रिकौलको विचमा झण्डै ३÷४ स्थानमा बाँध कटान गरेको स्थानियहरुले जनाएको छ । बाढीका कारण हाजारौ विघा खेती योग्य जग्गा डुवानमा परेको छ । 
यसैगरी जिल्लाको उत्तरी भेगमा बर्षा निरन्तर भईनै रहेका कारण खाँडो, महुली, जिता लगायतका नदीहरुमा समेत पानीको बहाव विहानैदेखि निरन्तर वढि नै रहेको उक्त क्षेत्रका स्थानियहरुलाई उद्धृत गर्दै प्रहरीले जनाएकोे छ ।
त्यस्तै जिल्लाको पातो गाविसमा समेत डुवानमा परेको छ । यता सप्तरी सदमुकाम राजविराज नगरपालिका वडा नं ५ स्थित करिब ५० घरमा पानी पसेको छ भने ८ नम्बर वडामा ४० घरमा पानी पसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस्तै राजविराज स्थित रंगशाला समेत डुवानमा परेको छ ।
यसैगरि राजविराज नगरपालिका १० डुमरी शिबथान समेत डुबानमा परेको छ । जिल्लाको क्षेत्र न. ३ अन्तर्गत बिरोल डुमरी शिवथान हनुमाननगर सडक खण्ड अन्तर्गतको कल्भर्ट भत्किएर डुबानमा त्यहाँका सयौ बिगहा खेति योग्य जग्गा समेत डुबानमा परेपछि स्थानीय किसानहरु चिन्तित बनेका छन् । 
यस्तै खाँडो नदीमा आएको बाढीले गर्दा बिरोल डुमरी शिबथान हनुमाननगर सडक खण्ड अन्तर्गतको निर्माणाधिन कल्भर्ट भत्किएर सडक खण्ड बिखण्डन अवस्थामा पुगेको छ ।
सप्तरी क्षेत्र न. ३ का सांसद उमेश कुमार यादवको संसदीय विकास कोषको सहयोगमा निर्माणाधिन सो सडक चाढे चार किलोमिटर बाटो भत्किएर डुबानमा परेको नागाअर्जुन हरी तारा जेबि कम्पनीले जानकारी दिएको छ ।
त्यस्तै औरही गाविस ३ का पासी र सिस्वाही नदीको बाढीले सो गाविसको चौतर्फी बाटो बन्द भएर घर घरमा पानी पसेको छ भने करिब एक दर्जन घर डुबानमा परेको छ । यसैगरी विषहरिया गाविस वडा न.९ स्थित दानर खोला कटान हुँदा पुरै गाउँ डुबानमा परेपछि सयौ घर परिवार बिचल्लीमा परेका छन् । 
यसैगरी जिल्लाको उत्तरी भेगमा बर्षा निरन्तर भईरहेका कारण खाँडो, महुली, जिता लगायतका नदीहरुमा समेत पानीको बहाव विहानैदेखि निरन्तर वढि नै रहेको उक्त क्षेत्रका स्थानियहरुलाई उद्धृत गर्दै प्रहरीले जनाएकोे छ ।
त्यस्तै जिल्लाको पातो, कविलासा गाविसस्थित जुडी नदीमा पानीको वहाव बढेपछि त्यहाका हजारौं स्थानियहरुलाई आवतजावतमा समस्या भएको छ । त्यस्तै चन्द्र देव साहको कुखुरा फार्म डुबानमा हुँदा करिब ५ लाखको क्षति भएको पीडितले बताएका छन । यस्तै जिल्लाको कोचाबखारी गाविसको वडा न. १, २, ३, ४, ५ र ६ वडाका सयौ घर डुबानमा परेको छ ।
यता जिल्ला प्रहरी कार्यालय सप्तरीले डुवानमा परेका गाविसका जनताहरुलाई सुरक्षित स्थानमा जान आग्रह समेत गरिरहेको छ । प्रहरीले थप कुनै घटना हुन नदिन तयारी अवस्था रहेको जिल्ला प्रहरी कार्यालय सप्तरी एसपी भिम ढकालले जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट