News Category 2073/04/10

नेपालको बाटो हुँदै आईएसआईएस भारत प्रवेश गर्ने तयारीको खुलासा कोशी ब्यारेजमा सुरक्षा बढाइयो ः सुनसरी प्रशासन

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ९ साउन । 
आतंकवादीहरुको संगठन आइएसआइएस नेपालको बाटो हुँदै भारत प्रवेश गर्ने तयारीमा रहेको भारतीय संचारमाध्यमले खुलासा गरेको छ । 
भारतीय संचारमाध्याम दैनिक जागरण अनलाइनले नेपाल र बंगलादेशमा लश्कर ए तैयबा, जमात उल मुजाहिदीन र हरकत ए जिहा सक्रिय भएको सनसनीपुर्ण खुलासा गरेको हो । आफ्नो योजनालाई सफल बनाउन ती संगठनहरुले भारतीय माओवादी नक्सलवादीहरुसँग गठजोर गरेको समेत खुलासा गरेको छ । 
यसैबीच अन्तर्राष्ट्रिय आतंकवादी संगठनको हमला हुन सक्ने आशंकामा कोशी ब्यारेजको सुरक्षामा कडाई गर्न थालिएको छ । नेपाल भारत सीमा सुरक्षा सम्वन्धि बैठकको निर्णयलाई आधार मानी भारतीय पक्षको आग्रहमा कोशी ब्यारेजको सुरक्षा मजबुत पारिएको सुनसरी प्रशासनले जनाएको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहन चापागाईले पछिल्लो पटकको दुई देशिय सीमा सुरक्षा बैठकका क्रममा भारतीय पक्षले ब्यारेजको सुरक्षाको विषयप्रति चिन्ता व्यक्त गरेपछि सुनसरी प्रशासनका तर्फबाट ब्यारेज क्षेत्रमा सर्तकता बढाइएको बताउनुभयो ।
भारतीय समकक्षीले नेपाल भारत दुवै देशको चासोको विषयका रुपमा रहेको कोशी ब्यारेज आतंकवादीको निशानामा पर्न सक्ने आशंका अनुरुपको सूचना दिएअनुसार चेकजाँच र सुरक्षा तैनाथी बढाइएको प्रजिअ चापागाईले बताउनुभयो ।
ब्यारेज सुरक्षाको जिम्मा नेपाल प्रहरीले गर्दै आएको छ । सशस्त्र प्रहरीको समेत उपस्थिती रहँदै आएतापनि सुरक्षा मजबुतिकालागि थप सुरक्षाकर्मी परिचालन गर्न लागिएको प्रजिअ चापागाईले बताउनुभयो ।
यता एक विशेष भारतीय खुफिया सुत्रको अनुसार आतंकवादी संगठन आइएसआइएससँग आबद्ध धेरै आतंकवादी नेपालमा रहेको दैनिक जागरण अनलाइनमा समाचार प्रकाशित भएको छ ।  भारतमा रहेको  स्लीपर सेल्सबाट सन्देश प्राप्त हुने वित्तिकै उनीहरु उत्तर प्रदेश तथा बिहारको बाटो हुँदैं भारत प्रवेश गर्ने उल्लेख छ ।
भारतमा घुसपैठ गर्ने आइएसआइएसले ‘अपरेसन इंडिया’ नाम दिएको भारतीय सुरक्षा श्रोतले जनाएको छ । उनीहरुलाई रोक्नका लागि भारतीय खुफिया एजेंसी अलर्ट जारी गरी सकेका छन् ।
भारतमा आफनो संगठन फैलाउनका लागि आइएसआइएस ले ब्लू प्रिंट समेत तयार गरेको छ । यसको लागि भारत नेपालको सिमावर्ती क्षेत्रमा जाली रुपैयाँको प्रवेश गराएका छन् । यसको संचालन बंगलादेशबाट भईरहेको उल्लेख छ । 
बिहारको सिमाना क्षेत्रमा जाली नोटको कारोबारीहरुलाई विशेष जिम्मेवारी दिएका छन् । यसको लागि पूर्णिया तथा अररिया क्षेत्रको युवकहरुलाई नेपाली बैंकमा खातामा आइएसआइएसले मोटो रकम समेत जम्मा गरी सकेको दाबी गरेका छन ।
भारतीय नागरिकता भएको युवाहरुसँग ती आतंकवादीहरुले सेल्टर दिने सूचना सुरक्षा एजेन्सीले प्राप्त गरेका छन ।
भारतीइ खुफिया इनपुटको अनुसार पूर्णिया तथा अररियाको वरिपरी क्षेत्रमा रहेर नेटवर्क संचालित गरी रहेको आतंकवादीहरुले आफनो शेल्टर बनाउने र  नेपाललाई  आपरेशनल जोन बनाउने तयारी गरेको जनाएको छ ।
आइएसआइएसले भारत नेपालको खुल्ला सिमाना र सिमाञ्चलको भौगोलिक इलाकामा बस्ने तयारी गरेको उल्लेख छ । सेंट्रल एशियामा आइएसआइएसको कमान सम्हालेका जमात उल मुजाहिदीन र हरकत ए जिहादी यसको दायाँ र बाँया हात बनेको हो ।
यिनै दुवै संगठनको माध्यमबाट आइएसआइएस नेपालमा सक्रिय लश्कर ए तैयबाको प्रशिक्षित आतंकवादी तथा उनीहरुको सम्पर्कमा रहेका माओवादीको साथ मिलेर आफनो अपरेसनको अन्जाम दिने कोशिश गरी रहेका छन् ।
लश्कर ए तैयबा को लागि इंडो नेपाल बोर्डरमा अहिले सम्म जाली नोटको कारोबारको संचालन गरी रहेका युवकहरुलाई संगठनले आतंकवादीहरुको सेल्टर जोन विकसित गर्ने जिम्मा सुम्पेका छन् । लश्कर ए तैयबाद्वार प्रशिक्षित लडाकुको बांग्लोदशी आतंकी संगठन जमात उल मुजाहिदीन र हरकत ए जिहादी सँग हात मिलाएर आईएसआईएसले आप्mनो पकड मबजुत बनाएका छन् ।
नेपालमा सक्रिय लश्कर ए तैयबाको सदस्यले आप्mनो स्लीपर सेल लाई सक्रिय गर्दै आपरेशन इंडियाको टारगेट गरेका छन् । यसका लागि जाली नोटको धन्धामा जोडिएका काराबारीलाई शर्ट लिस्ट गर्दै नेपालको विभिन्न बैंकमा खाताधारी युवकहरुलाई प्राथमिकताको आधारमा चुनेका छन् ।
यसपछि उक्त युवाहरुको खातामा मोटो रकम राखेको ताकी इन्डिया प्रवेश गरे पछि केही दिन सम्म रकमको कमी नहोस भनेर । खुफिया इनपुटको अनुसार पूर्णिया तगा अररियाको आसपासको इलामा रहेर नेटवर्क संचालित गरी रहेका छन् भने नेपाल आपरेशनल जोन बनाउने तयारी गरेका छन ।
भारतमा प्रवेश गर्न आतुर आईएसआईएस बंगलादेशमा आप्mनो उपस्थिती जनाई सकेका छन् । हालसालै बांग्लादेशमा धमाका गरेर आईएसआईएसले भारत नेपालको खुल्ला सिमानाका तथा सिमाञ्चलको भौगौलिक अवस्थालाई टार्गेट गरेका छन् । यसै कारण आईएसआईएस ले नेपालमा स्थान बनाएर आपरेशन इंडियालाई टारगेट गरेका छन । विभिन्न भारतीय तथा नेपाली अनलाइनको सहयोगमा

प्रतिकृया दिनुहोस

ताजा अपडेट