News Category 2073/04/11

बाढीमा डुबेर एक युवक बेपत्ता

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १० साउन । 
सप्तरीको को.बरसाईन गाविसस्थित कुशहा टोलमा आएको खाडोको बाढीमा डुबेर एक युवक सोमबार बेपत्ता भएका छन् ।
फेसवार्ड गैसस हनुमाननगर शाखाका कर्मचारी मोरङ्गको जतुवा निवासी अन्दाजी २३ वर्षिय सुदिप यादव किस्ता लिनका लागि जादै गरेको अवस्थामा अचानक बाढीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसैबिच बेपत्ता युवकको खोजी कार्य सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा नेपाली सेनाको संयुक्त टोलीले तिव्र रुपमा गरिरहेको सप्तरी प्रहरीका नायव उपरिक्षक दान बहादुर कार्कीले जानकारी दिनुभयो । 
यता विगत चार दिनदेखी भइरहेको अविरल वर्षाका कारण जिल्लाको दुई दर्जन गाविसमा आएको बाढीका कारण चार हजार परिवारका १२ हजार घर डुवानमा परेको छ । 
यस्तै कोशी नदीको बीच भागमा अवस्थित जिल्लाको गोबरगाढा गाविसमा पूर्ण रुपले डुवानमा परेको छ । अहिले सो गाविस सम्पर्क विहीन भएको छ । त्यहा स्थानियहरुसँग मोबाइल सम्पर्क समेत हुन नसकेको प्रहरीले जनाएको छ । 
बाढीको कारण डुबानमा सकरपुरा गाविसका ५ सय, बिषहरिया गाविसका २ सय ५०, लौनियाका २ सय, तिलाँठीका ३ सय, लोखरमका २ सय, रम्पुरा मल्हनियाका ७ सय परिवारका घरहरु जलमग्न भएको दैवी प्रकोप उद्धार समिति सप्तरीले जनाएको छ । 
को. बरसाईनका २ सय, कोईलाडीका १ सय, तोपाका १ सय, महदेवा, भगवतपुर र बथनाहाका एक–एक सय, भारदहका १ सय ५०, पोर्ताहाका १ सय, बैरबाका ५०, सप्तकोसी नगरपालिकाको फतेपुरका १ सय, पकरीका ६० घर डुबानमा परेका छन् । 
यस्तै दिघवाका १ सय २५, राजविराज नगरपालिका १० का २ सय, देउरी भरुवाका ५० घर डुबानमा परेको छ । यता आइतबार महुली खोलाको तटबन्ध भत्किँदा सप्तरीको मैनाकडेरी गाविसमा पानी पसेको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट