News Category 2073/04/12

आफ्नै ८ वर्षिय भाई अपहरण गर्ने तीन पक्राउ

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ११ साउन । 
गत विहीबार सप्तरीबाट अपहरणमा परेका एक नाबालकलाई प्रहरीले सकुशल मुक्त गराउन सफल भएको छ । 
अपहरणमा परेका सप्तरीको रौतहट गाविस २ निवासी गंगाई दासका ८ वर्षिय छोरा सिकेन्द्र दासलाई प्रहरीले भारतीय सीमावर्ती क्षेत्रबाट सकुशल मुक्त गराएको हो । 
जिल्ला प्रहरी कार्यालय सप्तरीले मंगलबार पत्रकार सम्मेलन गरि नाबालक अपहरण गर्ने कार्यमा संलग्न रहेका तीन जनालाई सार्वजनिक गरेको छ ।  
पक्राउ परेकाहरुमा रौतहट गाविस २ का १८ वर्षिय दिलिप दास, सोही स्थानका १६ वर्षिय जितेन्द्र कुमार दास र १५ वर्षिय अरबिन्द कुमार दास रहेका छन् । जसमध्ये जितेन्द्र सिकेन्द्रका काकाको छोरा हुन । 
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक भिम ढकालले साउन ६ गते बिहीबार बिहान ११ बजे सिकेन्द्रलाई घर नजिकै खेलिरहेको बेला काकाको छोरा जितेन्द्रले फकाई फुलाई लगेको र त्यसपछि सिकेन्द्रलाई टाँसिएर गाविस कोदरकट्टी लगेको जानकारी दिनुभयो ।
उहाँले कोदरकट्टी सम्म सिकेन्द्रलाई लगिएपछि त्यहा पहिलेदेखी रहेका अरबिन्द र दिलिपले मोटरसाइकलमा बसाई भारतीय सीमावर्ती बजार लौकहा लगेको जानकारी दिनुभयो । 
यता प्रहरी उपरिक्षक ढकालले अपहरण मुक्त भएका सिकेन्द्रका बुबा गंगाई बैदेशिक रोजगारका लागि विदेशमा रहेको र सोही कुराको फाइदा उठाउँदै तीनै जनाले फिरौती स्वरुप १५ लाख माग गरेको जानकारी दिनुभयो ।  
प्रहरीले शनिबार बिहान अपहरित सिकेन्द्रलाई भारतीय प्रहरी र नेपाल प्रहरीको सहयोगमा लौकहाबाट मुक्त गराउन सफल भएको जनाएको छ ।
पक्राउ परेका तीनै जना बिरुद्ध अपहरण तथा शरीर बन्धक सम्बन्धि मुद्दा चलाइने प्रहरीले जनाएको छ ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट