News Category 2073/04/12

श्रीमती बलात्कार गर्ने श्रीमान् पक्राउ

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ११ साउन । 
आफ्नै श्रीमतीलाई बलात्कार गरेको आरोपमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । 
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक भिम ढकालका अनुसार २५ वर्षिय मो. हजरत मियाँले १८ वर्षिय श्रीमतीलाई कुटपिट गर्दै अश्लिल विडियो देखाएर बारम्बार बलात्कार गरेको भन्दै उजुरीको आधारमा प्रहरीले पक्राउ गरिएको हो । 
श्रीमानको सो क्रियाकलाप बिरुद्ध सुरुदेखी बिरोध गर्दै आएकी श्रीमती केही दिनदेखी माइती आएकी थिइन् । माइतीमै आएर श्रीमान्ले पहिलाकै जस्तो क्रियाकलाप गर्न खोज्दा छिमेकीहरुले उनलाई उद्धार गर्दै प्रहरीको जिम्मा लगाएको थियो ।      

प्रतिकृया दिनुहोस

ताजा अपडेट