News Category 2073/04/14

पानीमा डुबेर एक बालिकासहित तीनको मृत्यु

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १३ साउन । 
सुनसरी, मोरङ र सिरहामा बुधबार पानीमा डुबेर एक बालिकासहित तीन जनाको ज्यान गएको छ ।
सुनसरीको सोनापुर २ बस्ने पिटु शर्माकी दुई बर्षिया छोरी बिकी शर्माको घर नजिकै रहेको नहरमा खेल्ने क्रममा बुधबार डुबेर मृत्यु भएको हो । 
बालिकालाई  स्थानीयले बुधबार साँझ ६ बजे पानीमा डुबेको देखेपछी तत्कालै सामुदायिक अस्पताल दुहवी लगेका थिए । बालिकाको सोही अस्पतालमा उपचारको क्रममा बेलुका मृत्यु भएको हो । 
यस्तै मोरङको अमरदह ८ बस्ने ५८ बर्षिय सैन बहादुर पौडेल बुधबार मृत अवस्थामा भेटिएका छ । स्थानीय ढोकरीया बजारदेखी पूर्वपट्टी रहेको कल्भर्ट मुनि पौडेललाई स्थानीयले मृत अवस्थामा भेटेका हुन । 
यसैगरि सिरहाको सखुवानन्कारकट्टी ९ स्थित बलान खोलामा डुबेर एक पुरुषको मृत भेटिएको छ । लहान नगरपालिका ४ का ६७ बर्षिया मिश्रलाल साहलाई बुधबार विहान उनकै छोरा सत्यनारायण साहले बलान खोलामा डुबेर मृत अवस्थामा भेटेका हुन् । साह मंगलबार बेलुका घरबाट कसैलाई केही नभनि घरबाट हिडेका थिए । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट