मलेशियामा एक युवकको मृत्यु

Friday, July 29, 2016
दैनिक समाचारदाता
राजविराज, १३ साउन । 
वैदेशिक रोजगारीका लागि मलेशिया गएका सप्तरीका एक युवकको बुधवार मृत्यु भएको छ । 
राजबिराज ६ निवासी दुवीलाल यादबका २८ वर्षिय छोरा जितेन्द्र यादवको बुधवार काम गर्दा छतवाट लडेर मृत्यु भएको हो । 
गत असोजमा मलेशियाको शैलेन्गर जिल्लाको स्पोट ठाउँमा कार्गाे वर्कमा काम गर्दै आएका यादवको मृत्यु भएको परिवारजनले जनाएको छ । 
उनको शव घर सम्म ल्याउनका लागि पहल भईरहेको वैदेशिक रोजगार सम्बन्धि सवल नेपालका कार्यक्रम अधिकृत चन्दनकुमार यादबले जानकारी गराएका छन । मृतक यादवको सात र पाँच वर्षका दुई छोरा र श्रीमती छन् ।