News Category 2073/04/16

मधेशी मोर्चाको स्थापना दिवसमा बिरामीलाई फलफुल बितरण

दैनिक समाचारदाता

राजविराज÷मधेशी मोर्चा सप्तरीको पहिलो स्थापना दिवसको अवसरमा शनिबार राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालका बिरामी तथा बाल कल्याण गृहका बालबालिकाहरुलाई फलफुल वितरण गरिएको छ । 
मोर्चाका जिल्ला संयोजक एवं मधेशी जनअधिकार फोरम गणतान्त्रिकका जिल्ला अध्यक्ष नरेन्द्र यादवको नेतृत्वमा अस्पतालका १ सय ५० जना बिरामी तथा बाल कल्याण गृहका १७ जना बालबालिकाहरुलाई फलफूल वितरण गरिएको हो ।
फलफुल बितरण कार्यक्रममा अंचल अस्पतालका प्रमुख डा. दिलिप साह, मोर्चाका निवर्तमान संयोजक गजेन्द्र कुमार मण्डल, संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य शैलेन्द्र प्रसाद साह, सदभावना पार्टीका केन्द्रिय सदस्य दिपेन्द्र चौधरी, दिनेश यादवलगायतका नेता, नेपाल सद्भावना पार्टीका केन्द्रिय सदस्य सुरेश सिंह, मोर्चाका पूर्व संयोजक कपिलदेव यादव, मोर्चासँग आवद्ध नेताहरु, अस्पतालका चिकित्सक तथा कर्मचारीहरुले पनि फलफूल बितरण गर्नुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट