News Category 2073/04/18

बाढी प्रभावित क्षेत्रका एक हजार बिरामीहरुको निशुल्क उपचार

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १८ साउन ।
सप्तरीको बाढी प्रभावित गाविसहरुमा तीन दिनदेखि संचालित निशुल्क स्वास्थ्य शिबिर मंगलबार सम्पन्न भएको छ । 
हेल्प नेपाल नेटवर्क काठमाण्डौको सहयोग तथा धर्मी हल्फा महिला विकास क्लव लालापटीको आयोजनामा बाढी प्रभावित गाविसहरु तीन दिन देखि संचालित सो शिबिर सम्पन्न भएको हो ।
बाढी प्रभावित रम्पुरा मल्हनिया , लोनिया ,तिलाठी ,सकरपुरा ,को.बसाईन ,कोईलाडी सहितका गाविसका करिब एक हजार भन्दा बढी बिरामीहरुलाई निशुल्क चेकजाँच तथा औषधि वितरण गरेको क्लवका अध्यक्ष ई.सुर्य नारायण यादवले जानकारी दिनुभयो ।
सो तिन दिने निशुल्क स्वास्थ्य शिविरमा डा.दिलजान मनसुर,डा.वरदा कोईराला सहितका एक दर्जन स्वास्थ्यकर्मीहरुले बाढी प्रभावित क्षेमा सेवा प्रदान गरेको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट