News Category 2073/04/23

विदेशबाट रकम संकलन गरेर बाढी पीडित बालबालिका लागि शैक्षिक सामाग्रि पठाइयो

दैनिक समाचारदाता

राजविराज÷सप्तरीका बाढी प्रभावित बालबालिकाहरुका लागि दुबईबाट एक जना युवाले शैक्षिक सामग्रीहरु पठाएका छन् ।
सप्तरीको बरमझिया निवासी दिनानाथ गुप्ता रंजनले संकलन गरेको २० हजार ३ सय ४० रुपैयाँ अधिवक्ता सुजित कुमार पोखरेलको नाममा पठाएका छन् । सो रकमबाट बाढी प्रभावित क्षेत्रका बालबालिकाहरुका लागि शैक्षिक सामग्री खरीद गरी वितरण गरिने जनाइएको छ । 
गुप्ताले चन्दा संकलन गरी पठाएको रमकबाट सप्तरीका बाढी प्रभावित ५ सय ११ जना बालबालिकाहरुका लागि काँपी र कलम अधिबक्ता पोखरेलले खरिद गरी १ हजार १ सय ११ रुपैयाँ यातायात खर्च गरी जम्मा २१ हजार ३ सय ४० रुपैयाँ बराबरको शैक्षिक सामग्रीहरु शनिबार नेपाल पत्रकार महासंघ सप्तरी शाखालाई बुझाउनुभयो ।
पत्रकार महासंघ सप्तरी शाखाका कावा अध्यक्ष श्रवण कुमार देवलाई अधिवक्ता पोखरेलले सो शैक्षिक सामग्रीहरु बुझाउँदै महासंघले बाढी प्रभावित गाविसहरुका बालालिकाहरुलाई उक्त शैक्षिक सामग्रीहरु प्रदान गर्ने जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट