News Category 2070/06/01

दुई थान हतियार बरामद

दैनिक समाचारदाता


दैनिक संवाददाता
राजविराज, ३१ भदौं । 
जिल्ला प्रहरी कार्यालय सप्तरीले दुई थान भरुवा बन्दुक बरामद गरेको छ ।
सप्तरीको भंगाहा गाविस ४ निवासी कोकाई चौधरीको घरमा शनिबार राति खानतलासी गर्दा प्रहरीले सो हतियार बरामद गरेको हो । 
प्रहरीको गस्ति टोलीले कोकाईका १८ वर्षिय छोरा दिपेन्द्र चौधरीले बन्दुक बोकेर हिडिरहेको देखेपछि दिपेन्द्र घरभित्र पसेको जनाएको छ । प्रहरीले घरको खानतलासी गर्दा दुईवटा भरुवा बन्दुक बरामद भएको जनाएको छ । 
हतियार बरामद भएपनि दिपेन्द्र सहित अन्य घरका सदस्यहरु फरार रहेको जनाउँदै प्रहरीले फरार भएकाहरुको खोजतलास जारि राखेको जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट