News Category 2073/04/25

हेलिकप्टर दुर्घटनामा नवजात शिशुसहित एकै परिवारका चारगरि सातको मृत्यु

दैनिक समाचारदाता

दैनिक समाचारदाता
गोरखा, २४ साउन । 
गोरखाबाट बिरामी लिएर काठमाडौँका लागि सोमबार उडेको फिस्टेल एयरको नाइन एन एके ए कलसाइन हेलिकप्टर दुर्घटनामा नवजात शिशुसहित एकै परिवारको चारगरि सात जनाको मृत्यु भएको छ ।  
सो हेलिकप्टरमा दुर्घटनामा क्याप्टेन रन्जन लिम्बुसहित जिल्लाको सिर्दिवास गाविस–२ फिलिमका ६० वर्षीय कितमान गुरुङ, उहाँकी ५६ वर्षीया श्रीमती अज्ञानी, १९ वर्षीया सुत्केरी बुहारी प्रिती र उहाँको पाँच दिनको नवजात शिशु, लक्ष्मी गुरुङ र निशा तामाङको मृत्यु भएको गोरखाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिनुभयो ।
नवजात शिशु बिरामी भएका कारण उपचारका लागि सो हेलिकप्टरमा काठमाडौँ लगिंदै थियो ।
हेलिकोप्टर गोर्खाको फिलिमबाट दिउँसो १२ बजेर १० मिनेटमा काठमाडौंका लागि उडेको थियो । सो हेलिकोप्टर १२ बजेर ३५ मिनेट जाँदा सम्पर्कविहीन भएपछि खोजी सुरु गरिएको थियो ।
दिउँसो करिव १ बजे स्थानीयले जंगलमा आगलागी भएको सूचना दिएपछि घटनाबारे आफूले जानकारी पाएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी पोख्रेलले बताउनुभयो । त्यसलगत्तै नुवाकोट सदरमुकाम विदुरबाट प्रमुख जिल्ला अधिकारी पोख्रेलसहित नेपाली सेना र प्रहरीको टोली घटनास्थल प्रस्थान गरेको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट