News Category 2073/04/26

बाढी पीडित २० परिवारलाई एक्वा बक्स वितरण

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २५ साउन । 
जनकपुरका समाजसेवी सरोज रायद्वारा मंगलबार सप्तरीका पूर्ण घर क्षति भएका बाढी पीडतहरुलाई राहत स्वरुप एक्वा बक्स वितरण गरिएको छ । 
इलाका प्रहरी कार्यालय हनुमाननगरको सहयोगमा कोइलाडी, रम्पुरा मल्हनिया, इनर्वा, बभनगमाकट्टी, सकरपुरा, हनुमाननगरका बाढी पीडितहरुलाई एक्वा बक्स बितरण गरिएको हो । 
इलाका प्रहरी कार्यालयका प्रमुख, स्थानीय समाजसेवी अधिवक्ता मदन मोहन चौधरी, समाजसेवी बबलु सिंह, युवा अभियन्ता अभिनव चौधरी र उनका टिम लगायतकाहरुको उपस्थितिमा सो राहत वितरण गरिएको जनाइएको छ । 
चार दिनदेखि लगातार सप्तरीमा राहत कार्य वितरण गरिरहेका समाज सेवी सरोज रायले सप्तरी बाढी पीडितका लागि शुरु गर्नुभएको “सप्तरी फ्लड २०१६” अभियान मार्फत ६ सय ८ बाढी पीडितलाई राहत सामग्री र २० जनालाई एक्वा बक्स वितरण गरिएको जनाइएको छ । 
यस्तै साउन २८ गते दुई सय परिवारका लागि राहत सामग्री काठमाडौँबाट आइराखेको र आउने शनिवारदेखि सप्तरीको विभिन्न ठाउँमा निशुल्क मेडिकल शिविर लाग्ने सरोज रायले जानकारी  दिनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट