News Category 2073/04/27

भोलीदेखी जिल्ला स्तरिय युवा सम्मेलन

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २७ असोज । 
सप्तरी जिल्लामा पहिलो पटक युवा सम्मेलन हुन गइरहेको छ । साउन २८ र २९ गते हुने सो सम्मेलनको तयारी बारे बुधबार जिल्लाको बसबिट्टी गाविसस्थित गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । 
मूल आयोजक समितिको आयोजनामा आयोजित पत्रकार सम्मेलनमा जिल्लाको ९१ गाविसका एक महिला र एक पुरुष तथा पाँच नगरपालिकाबाट दुई महिला र दुई पुरुष गरि २ सय २ जना युवाहरुको सहभागिता रहने युवा सम्मेलनका संयोजक श्रवण देवले जानकारी दिनुभयो ।  
उहाँले जिल्लाको कुल जनसंख्याको ४० प्रतिशत युवाहरुको राज्यको संयन्त्रमा पहुँच हुन नसकेको बताउँदै ६ प्रतिशत युवाहरु लागु औषधको दुरव्र्यसनीमा लागेको दाबी गर्नुभयो । जिल्लामा बढ्दो बेरोजगारीको समस्याका कारण युवाहरु बिदेश पलयान हुनु दुर्भाग्यपूर्ण रहेको भन्दै संयोजक देवले लोप हुन लागेको संस्कृतिहरुको पुर्नताजगी गराउन पनि सम्मेलनले मद्दत पु¥याउने विश्वास व्यक्त गर्नुभयो । 
त्यस्तै सम्मेलनले युवाहरुमा आएको चेतनाको कमीलाई समेत न्यूनिकरण गर्न मद्दत पुग्ने बताउँदै उहाँले युवाको समस्या पहिचान समेत सो सम्मेलनबाट हुने जिकिर गर्नुभयो । सो सम्मेलनमा खेलको प्रस्तुतीको माध्यमले युवाहरुलाई प्रोत्साहन गर्ने र काठमाडौंबाट आउने विज्ञहरुबाट प्रशिक्षण दिने जानकारी दिनुभयो । 
युवा सम्मेलनका लागि विभिन्न उपसमिति बनाएर सरकारी, गैरसरकारी तथा व्यक्तिगत सहयोगबाट खर्च जुटाइरहेको जनाउँदै संयोजक देवले उक्त सम्मेलनका लागि १० लाख रकम खर्च हुने बताउनुभयो ।  
त्यस्तै सम्मेलनको पुरा तयारी भइसकेको जानकारी दिँदै प्रचार प्रसार विभाग प्रमुख आयुष श्रेष्ठले साउन २८ गते बिहान ७ बजे राजविराज नगरको प्रभातफेरी गरि राजविराजस्थित गजेन्द्र चौकमा ५ सय १ बेलुन उडाउने कार्यक्रम रहेको जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट