News Category 2073/04/27

स्थानीय निकाय पुनर्संरचना सम्बन्धी परामर्श बैठकमा मधेसी मोर्चाद्वारा बिरोध

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २७ असोज । 
सप्तरीको राजविराजमा बुधबार आयोजित स्थानीय निकाय पुनर्संरचना सम्बन्धी परामर्श बैठकमा मधेसी मोर्चाका कार्यकर्ताले बिरोध गरी अवरोध गरेका छन् । 
जिल्ला विकास समितिको सभाकक्षामा भइरहेको बैठकमा मधेशी मोर्चा कार्यकर्ताहरुले नाराबाजी गर्दै बैठकको माइन्युट् खोसेर जलाएका हुन् । उनीहरुले प्रदेश सीमांकन कै विषय टुंगो नलागेको बेला स्थानीय निकायको पुनर्संरचना अव्यवहारिक हुने भन्दै नारा लगाएका थिए ।
साउनको अन्तिम सातासम्ममा स्थानीय निकायको पुनर्संरचा गरी नाम र केन्द्र तोकेर पुनर्संरचना आयोगमा पठाउनुपर्ने परिपत्र अनुसार परामर्श गर्न जिल्लास्थित निमित्त स्थानीय विकास अधिकारी धिरेन्द्रकुमार यादवले उक्त बैठक बोलाउनु भएको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट