News Category 2073/04/31

मरेका पशुचौपायाको दुर्गन्धका कारण स्थानियहरु चिन्तित

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ३० साउन । 
पश्चिमी कोशी मुख्य नहरको विभिन्न स्थानमा अवैध रुपमा मरेका पशुचौपायाहरु फ्यालिएका कारण त्यस भेगका सर्वसाधारणहरु दुर्गन्धका कारण चिन्तित बनेका छन् ।
भारत सरकारको लगानीमा निर्माण गरिएको सो नहरको विभिन्न स्थानको ठाउँ ठाउँमा मरेका पशु चौपायाहरु सर्वसाधारणहरुले फाल्ने गरेका छन ।
नहरमै मरेका पशु चौपायाहरु फाँलिएका कारण दुर्गन्धले नहर आसपास बसोबास गर्ने आम समुदायहरुलाई निकै समस्या भएको स्थानीयबासीहरुको भनाई रहेको छ । 
यसैबिच विगत तीन दिनदेखि जिल्लाको नर्घो गाविसस्थित पश्चिमी कोशी मुख्य नहरको ढोकामा मरेका पशु चौपायाहरु फाँलिएका कारण त्यस आसपासका सयौ सर्वसाधारणहरु दुर्गन्धका कारणले घर तथा चौकमा बस्न नसकिने अवस्था रहेको छ । 
सडेगलेका पशु चौपायाका कारणले आफहुरु हिडडुल तथा बस्न नसकिने अवस्थामा रहेको नर्घो गाविसका गजेन्द्र मण्डलको भनाई रहेको छ ।
त्यस्तै सो नहरमा मरेका पशु चौपायाहरु फाँल्ने ब्यक्तिहरुमाथि आवश्यक कार्वाही गर्नुपर्ने माग नहरका कर्मचारी कृष्णदेव यादवले जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट