News Category 2073/04/31

छोराको भारतमा हत्या गरिएको आरोप

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ३० साउन । 
सप्तरीको फर्सैठ गाविस ४ का विन्देश्वर प्रसाद यादवले सामान्य विवादका कारणले आप्mनो छोराको भारतमा हत्या गरिएको आरोप लगाएका छन । 
पीडित यादवले आईतबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरी यस्तो आरोप लगाएका हुन ।
आयोजित पत्रकार सम्मेलनमा पीडितका छोरा गहेन्द्र भुषण यादव भारतको बेंङ्गलोरस्थित गौतम कलेज अफ फार्मेसीमा अध्ययनरत रहेको तथा ब्याक विषयको परीक्षा दिन भारत सँगै गएको बेला उनकै साथी सप्तरीको मलेकपुर गाविस ३ का नविन शर्मासँगको समान्य झगडाका कारणले भारतमै हत्या गरेको आरोप लगाएका छन् । 
पीडित यादवले आप्mनो छोराको भारतको बेङ्गलोरदेखि करिब ७ सय किलोमिटर टाढा आन्ध्र प्रदेशको चिराला भन्ने ठाउँको रेलवे स्टेशन भन्दा करिब १० किलोमिटर टाढा रेलवेको पटरीमा मृत सडेगलेको अवस्थामा शव फेला परेको आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
यसैबिच मृतकका परिवारजनले आप्mना छोरालाई हत्या गर्ने शर्मालाई अविलम्व पक्राउ गरी कडा भन्दा कडा कानुनी कार्वाही गर्नुपर्ने सम्बन्धित सबैपक्षसँग जोडदार रुपमा माँग गर्नुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट