News Category 2073/04/31

युवतीलाई जर्वजस्तीकरणी गर्न खोज्ने दुई पक्राउ

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ३० साउन । 
सप्तरीको एक युवतीलाई जर्वजस्तीकरणी गर्न खोजेको आरोपमा प्रहरीले दुई जना युवकलाई पक्राउ गरेको छ ।
स्थानीय १७ वर्षिया एक युवतीलाई राति सुतेको समयमा औरही गाविसका दुई जना युवकहरुले एक्कासी घरमा प्रवेश गरी ती युवतीलाई जर्वजस्तीकरणी गर्न खोजेको पीडित युवतीले ईलाका प्रहरी कार्यालय पातोमा दिएको उजुरीको आधारमा पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा औरही गाविस ४ का २५ वर्षिय मो.जमाउदिन र सोही स्थानका १७ वर्षिय मो.कमरोदीन रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय कल्याणपुर पठाईएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट