News Category 2073/04/31

युवाहरु आफैले फोहर हटाए

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ३० साउन ।
सप्तरीमा पहिलो पटक दुई दिनसम्म चलेको ऐतिहासिक युवा सम्मेलनका क्रममा गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा भएका फोहोर मैला मूल समारोह समितिका पदाधिकारीहरुले हटाएका छन् । 
सम्मेलन सकिए लगत्तै आईतबार मूल समारोह समितिका पदाधिकारीहरु कार्यक्रम स्थल औद्योगिक क्षेत्र पुगेर पूर्ण रुपमा सरसफाई गरेका हुन् ।
सम्मेलन चलिरहँदा औद्योगिक क्षेत्रको केहि भागमा अत्यधिक फोहोर भएको हुँदा सो फोहरलाई संकलन गरेर जलाएर नष्ट पारिएको मूल समारोह समितिका सदस्य मोहन यादवले बताउनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट