News Category 2073/04/32

राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार २०७२ बाट सप्तरीका तीन कृषक पुरस्कृत

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ३१ साउन ।  
“राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार, २०७२” सप्तरीका तीन जना कृषकलाई सोमबार प्रदान गरिएको छ । 
सप्तरी जिल्लामा तरकारी बालि तर्फ प्रथम पुरस्कार हनुमाननगर ७ निवासी कृष्ण बिहारी मेहता, पशुपालन तर्फ द्धितिय पुरस्कार बकधुवा ८ निवासी कृति प्रकास तिवारी र फलफुल बाली तर्फ कागतीबालीमा तृतिय पुरस्कार पत्थरगाडा ६ निवासी भागवत यादवलाई प्रदान गरिएको छ । 
जिल्ला कृषि बिकास कार्यलय सप्तरीले आयोजनामा आयोजित कार्यक्रममा तीनै जनालाई जनही रु दश हजारको दरले राष्ट्रपति उत्कृष्ट पुरस्कार प्रदान गरिएको बरिष्ठ कृषि बिकास अधिकृत भागिरथ यादवले बताउनुभयो । 
“राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार, २०७२” बितरण समारोहमा कृषकको योगदानलाई सम्मान गर्न, कृषि पेशालाई समाजको आकर्षक एवम् सम्मानित पेशाको रुपमा स्थापित गर्न सहयोग पु¥याउन, कृषकको मनोवल उच्च राख्न सहयोग पु¥याउन,  कृषक समुदायमा स्वस्थ्य प्रतिस्पर्धाको भावना विकास गरी कृषि पेशालाई व्यवसायिक बनाउन सहयोग पु¥याउन तथा शिक्षित युवालाई कृषि पेशा तर्फ आकर्षित गर्ने लगायतका उदेश्य परिपूर्ति गर्न पुरस्कार हरेक वर्ष प्रदान गर्ने गरिन्छ ।  
त्यस्तै खाद्यान्न, फलफुल, तरकारी, माछा, बालि उप्पादन र कृषक समुह प्रतियोगितमा  प्रत्येक बिद्यामा प्रथम, द्धितिय, तृतिय र शान्त्वना पुरस्कार  प्राप्त गर्ने २० जना कृषकहरुलाई क्रमशः रु. ५००० रु. ३०००, रु. २००० र रु. ५०० को दरले नगद पुरस्कार तथा प्रमाण–पत्र बितरण गरिएको बाली संरक्षण एवम सुचना अधिकृत दिनेश प्रसाद यादवले बताउनुभयो  ।  
साथै जिल्ला कृषि बिकास कार्यालयमा उत्कृष्ट काम गर्ने प्रासद्वय अग्नीदेव चौधरी, देवनारायण यादवलाई क्रमशः प्रथम र द्धितिय पुरस्कार बाप्त रु. ५०००, रु. ३००० तथा नाप्रास बेचन सढोक यादवलाई सम्मान पत्र प्रदान गरिएको सुचना अधिकृत यादवले जानकारी दिनुभयो  ।  
सो पुरस्कार बितरण कार्यक्रमका प्रमुख अतिथि जिल्ला वन कार्यालयका प्रमुख धिरेन्द्र प्रसाद सिँह, अतिथि जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा. काशिनाथ यादव र जिल्ला कृषि बिकास कार्यलय सप्तरीका बरिष्ठ कृषि विकास अधिकृत भागिरथ यादवको अध्यक्षतामा सम्पन भएको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट