News Category 2073/04/32

दुई दिनभित्र बाढीपीडितलाई नगद बितरण गर्ने

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ३१ साउन ।  
स्थानीय प्रशासनले सप्तरीमा बाढी आएको तीन साता हुँदा पनि लगत संकलनको काम पूरा गर्न नसक्दा घर भत्किएकाहरु घर बनाउन पाउने राहत रकम अझ पाउन सकेका छैनन् । 
सप्तरीका निमित्त प्रमुख जिल्ला अधिकारी रामेश्वर आचार्यले यसअघि भएको लगत संकलन अनुसारका बाढीपीडित परिवारलाई रकम उपलब्ध गराउन मंगलबारसम्म बैंकबाट निकासा गराई तत्कालै दुई दिनभित्रै रकम उपलब्ध गराउने जानकारी दिनुभयो । 
उहाँले लगत संकलनमा त्रुटि भएपछि पुनः थालिएको लगत संकलन सम्पन्न हुने बित्तिकै केन्द्रीय दैवी प्रकोप उद्धार तथा ब्यवस्थापन समितिसँग माग गरिने र बाढीपीडितलाई उपल्बध गराउने जानकारी दिनुभयो ।
बाढीबाट जिल्लामा पूर्ण क्षति भएका घरहरु ३७ र आंशिक क्षति भएका घरहरु ६ सय ७१ रहेका छन् । जसमा पूर्ण क्षति भएका घरपरिवारलाई रु. १० हजार र आंशिक क्षति भएका घरपरिवारलाई रु. ३ हजार नगद दिने व्यवस्था गरिएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट