News Category 2073/04/32

फोरम नेपालले सहिद सप्ताह मनाउने

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ३१ साउन ।  
संघीय समाजवादी फोरम नेपाल सप्तरीले भदौ १ गते भारदहमा तेस्रो मधेश आन्दोलनका प्रथम सहिद राजीव राउतको पूण्यतिथीमा सहिद स्मृति सभा गर्ने भनिएकोमा सो सभा स्थगित गरि सहिद सप्ताह मनाउने निर्णय गरेको छ । 
फोरम नेपालका जिल्ला अध्यक्ष दिनेश कुमार यादवद्वारा सोमबार जारि विज्ञप्तिमा स्मृति सभाको साटो सहिद सप्ताह मनाउने निर्णय गरिएको जनाइएको छ । 
सहिद सप्ताह अन्तरगत भदौं १ गते जिल्लाका सबै प्रमुख चौक तथा बजारहरुमा दीप प्रज्वलन, भदौं २ गते भारदह र विष्णुपुर चौकमा बृक्षारोपन, भदौं ३ गते विपी स्कुल भारदहमा निबन्ध प्रतियोगिता, भदौं ४ गते भारदह अस्पतालमा फलफुल बितरण, भदौं ५ मा भारदहमा शहीद स्मृति सभा, भदौं ६ मा भारदहमा सरसफाई र भदौं ७ मा राजविराजमा रक्तदान गर्ने निर्णय गरेको छ ।    
सहिद सप्ताहमा फोरम नेपालका सबै तहका नेता तथा कार्यकर्ताहरुका साथै बुद्धिजिवी, विद्यार्थी, युवा, किसान, पत्रकार, ब्यापारी लगायत आम जनसमुदायलाई सहभागी हुन समेत फोरम नेपाल सप्तरीले आग्रह गरेको छ । 
यस्तै विज्ञप्ति मार्फत मधेशी मोर्चा सप्तरीमा संघीय समाजवादी फोरम नेपाल आबद्ध नरहेको र आयोजक संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा नभएकोले फोरम नेपाल एउटै मञ्चमा उपस्थित हुन असमर्थ रहेको समेत जानकारी गराइएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट