News Category 2073/05/01

दुई छुट्टाछुट्टै घटनामा संलग्न दुई चोर पक्राउ

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ३२ साउन । 
सप्तरी प्रहरीले दुई छुट्टाछुट्टै घटनामा संलग्न दुई चोरलाई मंगलबार पक्राउ गरेको छ । 
सप्तरीको सखडास्थित मन्दिर दर्शन गर्न आएका एक भारतीय नागरिकको मोटरसाइकल चोरी गर्ने व्यक्तिलाई प्रहरीले मंगलबार पक्राउ गेको छ । 
प्रहरी मोटरसाइकल चोरी गर्ने जिल्लाको तिलाठी ४ बस्ने २४ वर्षिय बिजय यादवलाई पक्राउ गरेको हो । 
भारतको मधुवनी पुर्वा प्रसाही ३ निवासी सतिस कुमार यादव सोमबार मोटरसाइकल मन्दिर परिसरमै पार्किङ गरी दर्शन गर्न गएको बेला बिआर ३२सी६८७३ नं को मोटरसाईकल चोरी भएको हो ।  
यसैगरि राजविराज ६ निवासी सुजिता यादवको घरबाट नगद तथा विभिन्न सामानहरु चोरी गर्ने चोरलाई प्रहरीले मंगलबारै पक्राउ गरेको छ । 
प्रहरीले सप्तरीको जमुनि मधेपुरा ९ लक्ष्मीपुर टोल निवासी १९ वर्षिय बिनोद यादवलाई नोकिया मोबाईल, नगद २९ हजार, आइफोन र ९० यूएस डलरसहित पक्राउ गरेको हो ।  
अमेरिकाको ब्यालोस निवासी नम्रता यादव आफ्नो दिदि सुजिता यादवको घरमा आएको बेला सोमबार राती चोरले खुलिराखेको झ्यालबाट कोठा भित्र छिरेर सो नगद सहितसामानहरु चोरेर लगेको प्रहरीले जनाएको छ ।
यता घटना भएको ६ घण्टा नबित्दै प्रहरीले उक्त चोरलाई खोजतलास गरी फेला पारेको जनाएको छ । दुबै घटनाका संलग्न ब्यक्तिहरुलाई कानून बमोजिम कारबाहीको लागी प्रकृया शुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक दान बहादुर कार्कीले जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट