News Category 2073/05/02

सप्तरीका १६ वटा सहकारीको दर्ता खारेज

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १ भदौं ।
सप्तरी जिल्लाको १६ वटा सहकारी संस्थाको दर्ता खारेज गरिएको छ । पटक पटकको ताकेतापछि आधार र प्रमाण प्रस्तुत गर्न नसकेकाले १६ वटै सहकारीको दर्ता खारेज गरिएको बताइएको छ । 
सहकारी डिभिजन कार्यालय लहान सिरहाले लामो समयदेखि लेखा परिक्षण नगर्ने, संस्थाको मासिक र बार्षिक प्रगति बिवरण नबुझाउने १६ वटा सहकारी संस्थाको दर्ता खारेज गरिएको सो डिभिजन कार्यालयले जनाएको छ ।  
कार्यलयका प्रमुख रामप्रसाद सुवेदीले दिनुभएको जानकारी अनुसार राजविराज सगरमाथा पोल्ट्रि, जय श्री पशुपतिनाथ उपभोक्ता सहकारी संस्था लिमिटेड, अर्नाहाको औषधी र सहकारी संस्था लिमिटेड, कल्याणपुरको जानकी दुग्ध उत्पादन सहकारी संस्था तथा मधुपटीको कदमाहा दुग्ध उत्पादक सहकारी संस्था खारेज गरिएको बताउनुभयो । 
त्यस्तै जिल्लाको छिन्नमसतास्थित कालिका उपभोक्त सहकारी संस्था लिमिटेड, लालापटीको गणेश बहुमुखी सहकारी संस्था लिमिटेड, बोरिया कृषि संस्था लिमिटेड, जय हनुमान उपभोक्ता सहकारी संस्था लिमिटेड र सिताराम उपभोक्ता सहकारी संस्था लिमिटेड, ईटहरी बिष्णुपुरको कृषक उपभोक्ता सहकारी संस्था लिमिटेड, शिब उपभोक्ता सहकारी संस्था लिमिटेड र सन्तोष उपभोक्ता सहकारी संस्था लिमिटेडको दर्ता समेत खारेज गरिएको प्रमुख सुवेदीले जानकारी दिनुभयो ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट