News Category 2073/05/03

२० घण्टा भित्रै सप्तरी प्रहरीद्वारा ७ वर्षिया नाबालिका सकुशल अपहरण मुक्त

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २ भदौं । 
सप्तरी प्रहरीले ७ वर्षिया नाबालिकाको अपहरण भएको २० घण्टा भित्रै भारतबाट सकुशल अपहरण मुक्त गराउन सफल भएको छ । 
जिल्ला प्रहरी कार्यालय सप्तरीले बिहीबार पत्रकार सम्मेलन गरि सप्तरीको नर्घो गाविस ६ निवासी लक्ष्मण मण्डलकी ७ वर्षिया छोरी सन्तोषि मण्डललाई भारतको बिहार राज्य अन्तरगत मधुवनी जिल्लाको लौकही थानाको करियौत पञ्चायतबाट सकुशल अपहरण मुक्त गराएको जनाएको छ । 
नर्घो गाविसस्थित लक्ष्मण मण्डलकी छोरी सन्तोषिलाई बुधबार साँझ ४ बजे अपहरणकारीले अपहरण गरि सीमावर्ती क्षेत्र बिहारको लौकहीहुँदै करियौत पु¥याएपछि स्थानीय झुटकी प्रहरी र जिल्लाबाट प्रहरी उपरिक्षक भिम ढकालसम्मिलित खटेको प्रहरी टोलीले स्थानीयहरुको सहयोगमा नाबालिकालाई बिहीबार बिहान ११ बजे अपहरण मुक्त गराउन सफल भएको जानकारी दिएको छ । 
यता अपहरणकारीले नाबालिकालाई के कारणले अपहरण गरेको भन्ने कुरा खुल्न नसकेपनि प्रहरीले व्यक्तिगत रिसिबीका कारण अपहरण गरेको हुन सक्ने आशंका व्यक्त गरेको छ । यस्तै प्रहरी उपरिक्षक भिम ढकालले अपहरण गर्ने कार्यमा संलग्न एक अपहरणकारीको पहिचान भइसकेकोले उसलाई चाडै नै पक्राउ गर्ने दाबी समेत गर्नुभयो । 
यसअघि पनि सप्तरी प्रहरी गत साउन ६ गते जिल्लाको रौतहट गाविसबाट अपहरणमा परेको एक ८ वर्षिय नाबालकलाई सकुशल मुक्त गराउन सफल भएको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट