News Category 2073/05/05

मोटरसाईकल चोरीको आरोपमा पाँच युवक पक्राउ

दैनिक समाचारदाता

राजविराज÷सप्तरीको तीन स्थानबाट तीन मोटरसाइकल चोरेको अभियोगमा पाँच युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
सप्तरीको मलेकपुर गाविस ५ बस्ने गजेन्द्र यादवको स४प ६२९१ को  डिस्कभर मोटरसाईकल चोरी भएको अभियोगमा मलेकपुर ५ का २४ वर्षीय दिपक कुमार यादव र बेल्ही चपेना गाविस ३ निवासी १५ वर्षीय मोहमद आलमलाई प्रहरीले पक्राउ गरेको हो ।  
मोटरसाइकल चोरी गरेको अभियोगमा सुरक्षा बेस क्याम्प पत्थरगाडाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको तथा सो बारेमा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
त्यस्तै जिल्लाको मलेठ गाविस ४ निवासी मो.मुस्तकिमको स२प ३७१९ को ग्यालिडेटर मोटरसाईकल राजविराज ७ बाट हराएकोमा उक्त मोटरसाईकल वडा प्रहरी कार्यालय राजबिराजको प्रहरी टोलीले खोज तलास गर्दा दुई जनालाई पक्राउ गरेको छ । 
उक्त मोटरसाईकल जिल्लाको जमुनी मधेपुरा गाविस १ स्थितबाट सोही ठाँउ बस्ने बर्ष २१ को मिथिलेश यादव र सोही स्थानका बर्ष २१ को अजय मण्डललाई चोरी भएको मोटरसाईकल सहित पक्राउ गरीएको प्रहरीले जनाएको छ । 
यता पक्राउ परेका चारै जना मोटरसाईकलको थप अनुसंन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसअघि सप्तरी प्रहरीले मंगलबार जिल्लाको सखडास्थित मन्दिर दर्शन गर्न आएका एक भारतीय नागरिकको मोटरसाइकल चोरी गर्ने व्यक्तिलाई पक्राउ गरेको छ । 
प्रहरी मोटरसाइकल चोरी गर्ने जिल्लाको तिलाठी ४ बस्ने २४ वर्षिय बिजय यादवलाई पक्राउ गरेको हो । 
भारतको मधुवनी पुर्वा प्रसाही ३ निवासी सतिस कुमार यादव सोमबार मोटरसाइकल मन्दिर परिसरमै पार्किङ गरी दर्शन गर्न गएको बेला बिआर ३२सी६८७३ नं को मोटरसाईकल चोरी भएको हो ।  
यसैगरि राजविराज ६ निवासी सुजिता यादवको घरबाट नगद तथा विभिन्न सामानहरु चोरी गर्ने चोरलाई प्रहरीले मंगलबारै पक्राउ गरेको छ । 
प्रहरीले सप्तरीको जमुनि मधेपुरा ९ लक्ष्मीपुर टोल निवासी १९ वर्षिय बिनोद यादवलाई नोकिया मोबाईल, नगद २९ हजार, आइफोन र ९० यूएस डलरसहित पक्राउ गरेको हो ।  
अमेरिकाको ब्यालोस निवासी नम्रता यादव आफ्नो दिदि सुजिता यादवको घरमा आएको बेला सोमबार राती चोरले खुलिराखेको झ्यालबाट कोठा भित्र छिरेर सो नगद सहितसामानहरु चोरेर लगेको प्रहरीले जनाएको छ ।
यता घटना भएको ६ घण्टा नबित्दै प्रहरीले उक्त चोरलाई खोजतलास गरी फेला पारेको जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट