News Category 2073/05/06

ट्रान्सफर्मर पड्किदा मलेठवासीलाई सास्ती

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ५ भदौं । 
सप्तरीको मलेठ गाविस ७ स्थित रुपनी रोडमा विद्युतको ट्रान्सफर्मर पडकिएका कारणले त्यहाँका करिब ५ सय परिवार अन्धकारमा रात बिताउँदै आएका छन ।
५० मेघावाटको सो विद्युतको ट्रान्सफर्मर पडकिएका कारण मलेठ गाविस वडा नं. ३, ७ र ८ का सयौ परिवार गर्मीमा कष्टकर जीवन यापन गर्दै आएका छन । 
त्यस्तै विद्युत नहुँदा मलेठ गाविसस्थित राजविराज आँखा अस्पतालको कामकाज ठप्प भएको छ । त्यस्तै विद्युतको ट्रान्सफर्मर पडकिएका कारण मलेठ गाविसमा रहेका दुई वटा धान कुटने मिल, एउटा फर्निचर उद्योग र तीन वटा पेट्रोल पम्प समेत बन्द भएको छ । 
यसैबिच पडकिएको उक्त विद्युतको ट्रान्सफर्मर अविलम्व मर्मत सम्भार गरी जडान गर्नुपर्ने सदभावना पार्टीका केन्द्रिय सदस्य एवं स्थानीयवासी अमरनाथ मण्डलले माग गर्नुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट