News Category 2073/05/06

चटयाङ लागेर एक बृद्धको मृत्यु

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ५ भदौं । 
आइतबार साँझ परेको चटयाङ लागेर सप्तरीको कन्चनरुप नगरपालिकाका एक बृद्धको मृत्यु भएको छ भने एक बालक घाइते भएका छन् । 
कन्चनरुप नगरपालिका ४ बस्ने ६० बर्षीय लक्ष्मी मुखियालाई आफ्नै घरमा बसी रहेको अबस्थामा चट्याङ लागेर मृत्यु भएको हो । 
मृत्यु भएका मुखियाका ८ वर्षिय नाती देवा मुखिया घाईते भएका छन् । उनको स्थानिय स्वास्थ्य क्लिनिकमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट