News Category 2073/05/07

झिंगा भन्केको मासु खादै नगरवासीहरु

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ६ भदौं । 
संयुक्त बजार अनुगमन टोलीले सोमबार सप्तरीको राजविराजस्थित विभिन्न मासु पसलहरुको अनुगमन गरेको छ ।
अनुगमनको क्रममा टोलीले डुम केमिकल प्रयोग गरी भुईमा राखेर बेच्दै गरेको तयारी कुखुराको मासु १८ थान र २ किलो खसीको मासु बरामद गरी नष्ट गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकिय अधिकृत प्रेम कुमार उपाध्यायको नेतृत्वमा खटिएको अनुगमन टोलीले राजविराजस्थित सावन खड्गी मासु पसल, अशोक सरबरिया मासु पसल, कृष्ण श्रेष्ठ मासु पसल, सावित्री देवी सरबरिया मासु पसल, राजु भुजेल मासु पसल, राज कुमार साह मासु पसल, एभरेष्ट फ्रेस मिट हाउस, रमेश सरबरिया मासु पसल लगायतका पसलहरुमा अनुगमन गरिएको छ ।
जिल्ला पशु सेवा कार्यालय सप्तरीका प्रमुख डा.काशीनाथ यादवको सक्रियतामा गरिएको सो अनुगमन टोलीमा क्षेत्रिय पशु निर्देशनालय विराटनगरका डा.अशोक कुमार सिंह, बरिष्ठ पशु चिकित्सक होम बहादुर थापासहित राजविराज नगरपालिकाका अधिकृत विष्णु प्रसाद गुरुङ्ग, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख राधाकृष्ण पोखरेल, खाद्यान्न निरीक्षण एकाई सप्तरीका सुरेश कुमार सिंह, उद्योग वाणिज्य संघका गौरी शंकर साह, राष्ट्रिय उपभोक्ता मंच नेपालका अध्यक्ष राज कुमार गुप्ता, जिल्ला जनस्वास्थ्य कार्यालयका राज कुमार महतो, पत्रकारद्वय वैजनाथ झा, शुभ नारायण यादव, जिल्ला प्रहरी कार्यालय सप्तरीका सई राम एकवाल यादव, नगरपालिकाका दिनेश प्रसाद साह, पशु कार्यालयका प्रमोद झा सहितकाहरुको उपस्थितिमा बजारको अनुगमन गरिएको हो ।
बजार अनुगमनको क्रममा राजविराज नगरभित्रमा मासु पसलहरुमा झिंगा भन्केको मासु बिक्रि गरिरहेको देखिएको थियो । यता मासु पसलका संचालकहरुले फ्रिजमा मासु राखेर बेच्दा बासी मासु भएको भन्दै उपभोक्ताले खरीद नगर्ने भएकोले बाहिरै मासु बिक्रि गर्ने गरेको बताएका छन् ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट