News Category 2073/05/08

मधेश आन्दोलनका सहिदहरुको स्मृतीमा रक्तदान

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ७ भदौं । 
संघीय समाजवादी फोरम नेपाल सप्तरीले तेश्रो मधेश आन्दोलनका सहिदहरुको स्मृतीमा सप्ताव्यापी कार्यक्रम अन्तरगत मंगलबार रक्तदान कार्यक्रम आयोजना गरेको छ । 
गजेन्द्र नारायण सगरमाथा अञ्चल अस्पतालस्थित रक्त संचार केन्द्र हाताभित्र संघीय प्रेस फोरम सप्तरीले रक्तदान कार्यक्रम आयोजना गरेको हो । 
कार्यक्रममा ८ जना पत्रकार सहित ११ जनाले रक्तदान गरेका थिए । रक्तदान गर्नेहरुमा संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य अशोक यादव, जिल्ला अध्यक्ष दिनेश कुमार यादव, जिल्ला सदस्य गिता यादव रहेका छन । 
यसैगरी पत्रकारहरुमा नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्रवण देव, कान्तिपुरका सम्बाददाता अबधेश कुमार झा, संघीय प्रेस फोरम सप्तरीका उपाध्यक्ष बृजमान तामाङ, सचिब जितेन्द्र कुमार झा, सदस्य भुषण सिंह, आनन्द मोहन शर्मा, शिवप्रताप साह र टुडेका निरज कर्णले रक्तदान गरेको संघीय प्रेस फोरम सप्तरीका कोषाध्यक्ष धर्मपाल राउतले जानकारी दिनुभयो । 
कार्यक्रममा सांसद लक्ष्मी चौधरी, संघीय समाजबादी फोरम नेपालका राजनीतिक समिती सदस्य शैलेन्द्र प्रसाद साह, केन्द्रिय सदस्य सुर्यनाथ यादव, तराई मधेश प्रदेशका मुख्य सचिव शम्भु झा सहितका जिल्ला नेताहरुको समेत उपस्थिती रहेको थियो ।    

प्रतिकृया दिनुहोस

ताजा अपडेट