News Category 2073/05/08

नहरको होम पाईपमा हालिएको बोरा स्थानीयबासीले हटाए

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ७ भदौं । 
पश्चिमी कोशी नहरको औरही गाविसस्थित रहेको नहरको होम पाईपमा हालिएको बोरा स्थानीयबासीले हटाएका छन् ।
औरही गाविसका सयौ स्थानीयबासीहरुको एक भिडले मंगलबार दिउँसो सो नहरको होम पाईपमा लगाईएको बोरा जर्वजस्ती हटाए हुन ।
भारत सरकारले सो होम पाईपलाई बन्द गरी भरिएको थियो, तर त्यसबाट औरही गाविसका करिब एक हजार खेति योग्य जग्गा बाँझै रहने गरेको भन्दै स्थानीयवासीले सो हटाएर नहरको पानी सुचारु गराएको छ ।
त्यस क्षेत्रका सर्वसाधारण किसानहरुको सिंचाईको लागि बनाइएको होम पाईपका कारणले आफुहरुलाई सिंचाई गर्नमा समस्या उत्पन्न भएको भन्दै स्थानीय किसानहरुले त्यसलाई हटाएका हुन ।
यता सो होम पाईप भत्काएपछि नहर भत्किने प्रवल संम्भावना रहेको भन्दै भारतीय कोशी प्रोजक्टका कर्मचारीहरुले उक्त पाईपलाई भत्काउन नदिने अडानमा रहेको बेला सयौ जना स्थानीय किसानहरुले मंगलबार दिउँसो त्यसलाई भत्काएको नहरका कर्मचारी केडी यादवले जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट