News Category 2070/06/04

संघर्ष समितिको अगुवाईमा मौन जुलुस

दैनिक समाचारदाता


दैनिक संवाददाता
राजविराज, ३ असोज ।
गाउँ विकास समितिमा कार्यरत कर्मचारीहरुको आन्दोलन प्रति सम्बन्धीत पक्षले कुनै ध्यान नदिएको भन्दै आन्दोलन झन सशक्त बन्दै गएको छ । आन्दोलन अन्तरगत गठित संघर्ष समितिको अगुवाईमा  बिहीबार मौन जुलुस निकालिएको छ । 
जिल्ला विकास समिति सप्तरीको प्राङ्गनबाट निकालिएको सो मौन जुलुस राजविराज नगर परिक्रमा पश्चात् पुनः सोही स्थानमा सम्पन्न भएको थियो ।
भदौं १६ गतेदेखी अनिश्चितकालिन धर्नामा बसेका गाउँ विकास समितिमा कार्यरत कर्मचारीहरुको आन्दोलनले गर्दा स्थानीय निकायमा हुने दैनिक कामहरु प्रभावित भएको छ । 
राज्य कोषबाट तलब भत्ता उपलब्ध गराउनुपर्ने, स्थानिय निकाय सेवा आयोगको गठन गर्नुपर्ने र गाविस कर्मचारीहरुको क्षमता बिकासका लागि क्षमता अभिबृद्धि कार्यक्रम सञ्चालन गर्नुपर्ने तीन सुत्रिय माग अघि सार्दै भदौं १० गतेदेखी चरणबद्ध आन्दोलन गर्दै भदौं १६ गतेदखी अनिश्चितकालिन धर्नामा बसेका हुन् ।
गाविसमा हुने जन्म दर्ता, मृत्यु दर्ता, विवाह दर्ता लगायतका अनय कामहरु पूर्ण रुपमा ठप्प रहदा सेवाग्राहीहरु मार्कामा परेका छन् । 
तीन साताभन्दा बढी समयदेखी आन्दोलरत गाउँ विकास समितिमा कार्यरत कर्मचारीहरुप्रति सम्बन्धीत निकायले कुनै ध्यान नदिएको संघर्ष समितिका अध्यक्ष पर्शुराम यादवले जनाकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट