News Category 2073/05/09

एक सय १५ केजी गाजा र पेस्तोलसहित एक व्यक्ति पक्राउ

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ८ भदौ ।
सप्तरीको मल्हनवा गाविसबाट प्रहरीले १ सय १५ केजी लागुऔषध गाजा र पेस्तोलसहित एक ब्यक्तिलाई बुधबार पक्राउ गरेको छ  ।  
बिशेष सुराकीको आधारमा सशस्त्र प्रहरी बल दन्तकाली गन बरमभिया र जिल्ला प्रहरी कार्यालय सप्तरीको संयुक्त टोलीले सप्तरीको मल्हनवा गाविस १ निवासी छोटीलाल भण्डारी मालीलाई पक्राउ गरेको हो । 
मालीको घरमा प्रहरीले छापा मार्दा १ सय १५ केजी लागुऔषध गाजा र एउटा सिक्सर पेस्तोल समेत बरामद गरेको जनाएको छ । 
प्रहरीको टोलीले उनकै घरमा लुकाइ राखेको नौ ओटा बोरामा प्याक गरिएको १ सय १५ केजी गाजा र एउटा सिक्सर पेस्तोल तथा पेस्तोलमा प्रयोग हुने २ राउड गोली बरामद गरिएको प्रहरी नायव उपरिक्षक दानबहादुर कार्कीले बताउनुभयो ।  
पक्राउ परेका भण्डारी माली बिरुद्ध अवश्यक अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक कार्कीले जानकारी दिनुभयो  । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट