News Category 2073/05/09

ग्यारेजमा आगलागी हुँदा चार मोटरसाइकल जल्यो

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ८ भदौ ।
सप्तरीको शम्भुनाथा नगरपालिका ९ स्थित एक ग्यारेजमा मंगलबारराती आगलागि भएको छ । सो आगलागिबाट करिब आठ लाख मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ  ।  
स्थानिय दिप नारायण चौधरीको मोटरसाइकल ग्यारेजमा ब्याट्रिको तार जोड्ने क्रममा बिद्युत सर्ट भई आगलागि भएको जनाइएको छ । आगलागिमा ग्यारेजमा रहेको ३ वटा डिस्कोभर मोटरसाइकल र एउटा अल्बा मोटरसाइकल गरि ४ वटा मोटरसाइकल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ  ।  
आगोलाई स्थानियबासी, प्रहरी र राजविराजबाट गएको बारुणयन्त्रले नियन्त्रणमा लिएको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट