News Category 2073/05/10

बुवा बेपत्ता भएपछी तीन छोरीको बिचल्ली

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ९ भदौं । 
सप्तरीको तेरहौता ५ का गोपाल तामाङ डेढ महिनादेखी बेपत्ता हुदा तीन छोरीको बिचल्ली भएको छ । बेपत्ता तामाङको १८, १५ र ७ बर्षकी छोरीहरु रहेका छन ।
आमा जसमाया तामाङ रोजगारीको लागी भारतको दिल्लीमा रहेकोले तीन छोरीको हेरचाहार गर्दै आएको बुवा समेत बेपत्ता हुदा छोरीहरुको बिचल्ली भएको हो ।
गत असार २१ गते आमा भएको ठाँउ भारतको दिल्ली जाने भनी घरबाट निस्किएको बुवा फर्केर नआएको उनका छोरी दिब्या तामाङले जानकारी दिईन । आमा भएको ठाँउमा पनि नपुगेको साथै कुनै आफन्तमा पनी नभएको बताउदै डेढ महिनादेखी बुवा सम्पर्क बिहिन रहेको उनले बताइन् । 
विगत लामो समयदेखी भाई सम्र्पकमा नआएपछी ईलाका प्रहरी कार्यालय रुपनीमा खोजी गरीदिन बिहिबार जाहेरी समेत दिएको गोपालका दाजु सनमान तामाङले बताउनुभयो । बुवा आमा कोही नहुदा तीनै छोरीहरुको बिजोग भएको छ । 
आमा रोजगारीको लागी दिल्लीमा बस्दै आएकोले छोरीहरुको हेरचाहार गर्दै आएका तामाङ समेत डेढ महिनादेखी बेपत्ता भएपछी छोरीहरुको बिचल्ली भएको बेपत्ता तामाङको दिदी पर्शुमाया तामाङले जानकारी दिईन ।                                                                                                                                                          

प्रतिकृया दिनुहोस

ताजा अपडेट