News Category 2073/05/11

राजविराजमा रथ यात्रा निकालियो

दैनिक समाचारदाता


दैनिक समाचारदाता
राजविराज, १० भदौं । 
श्री कृष्ण जन्मष्टमीको अवसरमा शुक्रबार सप्तरीको सदरमुकाम राजविराजमा रथ यात्रा निकालिएको छ ।
सो अवसरमा ब्रहमाकुमारी राजयोग सेवा केन्द्र राजविराजले मलेठ ५ स्थित राधाकृष्ण मन्दिरदेखी भगवान श्री कृष्ण, राधा तथा अन्य भगवानहरुको रुप धारण गरी रथ यात्रा निकालिएको हो ।
ब्रहमाकुमारी राजयोग सेवाल केन्द्र राजविराजकी मुख्य संचालिका भगवति दिदीको अगुवाईमा निकालिएको सो रथ यात्रा नगरको विभिन्न भागको परिक्रमा गरेको थियो ।
यस्तै श्री कृष्ण जन्मष्टमीको अवसरमा शुक्रबार राजविराज सहित जिल्लाको अन्य ग्रामिण भेगहरुमा समेत मेला लागेको छ ।
बर्षमा एक पटक मनाईने श्री कृष्ण जन्मष्टमीको अवसरमा राजविराज १ स्थित हटियामा रहेको राधाकृष्ण मन्दिरमा मेला तथा रमाईलो कार्यक्रमको आयोजना गरेको मन्दिर समितिले जनाएको छ ।
त्यस्तै सोही अवसरमा जिल्लाको विभिन्न ग्रामिण भेगहरुमा समेत श्री कृष्ण जन्मष्टमीको कलात्मक मुर्ति निर्माण गरी पुजाआजा तथा मेलाको आयोजना गरी मनाईएको छ ।
त्यस्तै सोही अवसरमा जिल्लाको रम्पुरा मल्हनिया गाविसस्थित कुनौली बोर्डरमा समेत मेला तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरी श्री कृष्ण जन्मष्टमी मनाईएको छ भने जिल्लाको बरही विरपुरमा समेत मुर्तिको निर्माणका साथै नाचगान तथा साँस्कृति कार्यक्रमको आयोजना गरी श्री कृष्ण जन्मष्टमी मनाईएको स्थानीय जोगेन्द्र प्रसाद यादवले जानकारी दिनुभयो । 
यस्तै पुर्व पश्चिम राजमार्गको विभिन्न स्थानमा समेत कृष्ण भगवानको कलात्मक मुर्ति निर्माणका साथै नाचगान तथा भव्य साँस्कृतिक कार्यक्रमको आयोजना गरी मनाईएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट