News Category 2073/05/12

कहिले संचालन हुने हो राजविराज विमानस्थल !

दैनिक समाचारदाता

राजविराज÷वर्षौदेखी सबै क्षेत्रबाट उपेक्षित हुँदै आएको राजविराज विमानस्थल अहिले पनि विमानबिहीन नै रहेको छ । विगतमा विभिन्न क्षेत्रबाट विमान उडाउने प्रतिबद्धता एवं सहमति समेत भएको थियो । तर, अहिले त्यस्ता सहमति एवं प्रतिबद्धता कागजमै सीमित भएको छ । 
गत आर्थिक वर्ष पुसमा महिनामा सप्तरी क्षेत्र नं.२ का सांसद अशोक मण्डल अमरले चालु आवको बैशाख महिनाबाट बिमानस्थल संचालनमा ल्याउने आश्वास दिएपनि पनि हाल एक इन्च समेत काम हुन सकेको छ्रैन् । 
जिल्लावासीको सरकारीस्तरसम्म पहुँच नपु्ग्दा तथा राज्यको उदासिनताका कारण समेतले बर्षौको प्रतिक्षापछि पनि सो बिमानस्थल संचालनमा आउँन नसक्नुले हवाई उडानबाट हुन सक्ने जिल्लाको विकास झन झनै पछाडी धकेलिदै छ । 
यता धावण मार्ग कालोपत्रे गर्ने निर्णय गरेको करिब एक दशक वित्नै लागेको छ । यसका लागि जिल्ला विकास समिति सप्तरीले रु. २ करोड बजेट समेत छुट्याएको थियो । जुन अहिले कहाँ छ त्यसको सोधपुछ गर्ने निकाय समेत छैन । 
राजविराज नगरपालिकादेखी ४ किलो मिटर दक्षिणमा पर्ने इटहरी विषणपुर गाविसमा अवस्थित ५५ विघहा क्षेत्र ओगटेको राजविराज विमानस्थल संचालन हुन नसकेपछि अहिले विमानस्थल गौचरणमा परिणत भएको छ । 
वि.स. २०१६ सालमा तत्कालिन मन्त्रि गणेशमान सिंहद्वारा उद्घाटन गरिएको यस विमानस्थलबाट २०५२ साल बैशाखबाट विमान उडान रद्द गरिएको थियो । विमानस्थल कालोपत्रे नहुनाले विगत १६ वर्षमा पटक पटक विमान सेवा संचालन र रद्द हुँदै आएको छ । 
केही वर्षअघि विमानस्थलबाट हप्ताको दुई पटक सोमबार र बिहीबार तारा एयरवेजले आफ्नो उडन सुरु गरेको थियो । तर, त्यो पनि चर्को भाडादरका कारण यात्रुहरु विमान चढ्न नसक्ने भन्दै उडन बन्द गरेको थियो । त्यसअघि नेपाल वायूसेवा निगमले हप्ताको २ पटक आईतबार र शुक्रबार काठमाडांै र एक पटक आईतबार लामीडाँढा उडान गर्दै आएको थियो । 
यता उडान सेवा बन्द भएपछि सगरमाथा अंचलका जनताहरु विमान चढ्न बिराटनगर र जनकपुर जाने गरेका छन् । हाल सो विमानस्थलमा रहेका केही कर्मचारीहरुले विमानस्थल रेखदेख गर्दै आइरहेका छन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट