News Category 2073/05/13

सवारी दुर्घटनामा एकको मृत्यु, दुई घाइते

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १२ भदौं । 
सप्तरीको कटैया ७ स्थित नहरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । 
पश्चिम बाट पुर्व तर्फ जादै गरेको स६प ९२६२ नम्वरको मोटरसाइकल दुर्घटना हुँदा सोही स्थान ६ निवासी ८ वर्षिया पैदल यात्री आशा कुमारी मण्डल र मोटरसाइकल पछाडी सवार अर्का एक व्यक्ति घाइते भएका छन् ।  
यता सो दुर्घटनामा गम्भिर घाइते भएका मोटरसाइकल चालक वसबिट्टि ६ निवासी २५ वर्षिय  उमेश कुमार रजकलाई थपउपचारका लागि धरान पठाइउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै मोटरसाइकलमा पछाडि सवार सोही स्थान निवासी महेश कुमार रजक सामान्य घाइते भई स्थानिय क्लिनिकमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट