News Category 2073/05/15

सडक विहिन सप्तरी प्राय सबै सडकको अवस्था जिर्ण

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १४ भदौं ।
मुलुककै पुराना सडकहरुमध्ये एक सप्तरीस्थित हुलाकी राजमार्ग दशकौदेखि जीर्ण छ । अवषेश मात्र बाूकी रहेको सो सडकसूग जोडिएको जिल्लाको दर्जनौ गाविसको भविष्य नै अन्यौलग्रस्त बनेको छ । 
जिल्लाको पहिलो कालोपत्रे सडक राजविराज–कुनौली सडक खण्डमा पछिल्लो एक दशकभन्दा पनि लामो समयदेखि ठूला सवारी साधनहरु चल्न सकेका छैनन् । सो सडकखण्डको लोखरम पुल चौकदेखि कुनौली बोर्डरसम्मको तीन किलोमिटर सडक खण्ड त झन् जीर्णावस्थामा पुगेको छ । 
जिल्लाको पक्की सडकहरु मात्रै होईन ग्राभेल गरिएका कृषि सडक र अन्य कच्ची सडकहरुको अवस्था पनि उस्तै छ । यी उल्लेख गरिएका सडकहरु त उदाहरण मात्र हुन् । सप्तरी पछिल्लो केहि वर्ष यता सडकबिहिन अवस्थामा पुगेको छ । महत्वपुर्ण विकासका पुर्वाधार मध्ये एक सडकको दुरावस्थाका कारण जिल्लाको विकास निक्कै प्रभावित बन्न पुगेको छ । 
जिल्लाको विकासका लागि अत्यन्तै महत्वपुर्ण मानिने राजविराज–कुनौली सडक खण्डको जर्जर अवस्थाका कारण जिल्लाको विकासीय गतिमा अवरोध पुगेको छ । यस सडकमा ठुला सवारी साधन चल्न बन्द भएका कारण यस क्षेत्रको उद्योग व्यवसाय नै चौपट हुन पुगेको छ । 
भारतीय नाकासूग जोड्ने एक मात्र सडक दशकांैदेखि जीर्ण रहेका कारण जिल्लास्थित उद्योग व्यवसायको समेत विकास हुन नसकिरहेको सप्तरी उद्योग बाणिज्य संघका पूर्व महासचिव सुरेश सिंहको भनाई छ । उक्त सडक निर्माण भए भारतबाट आयात गरिने वस्तुहरु सस्तो र सुलभ हुनुका साथै उद्योगका लागि कच्चा पदार्थ समेत सस्तो हुने उहाँको ष्स्किथन छ । 
सडकको जर्जरताकै कारण राजविराज भन्सार कार्यालय बर्सेनी घाटामा गईरहेको छ । सडक निर्माण भए राष्ट्रिय आम्दानी समेत वढ्ने सम्भावना हुूदाहुूदै सडक निर्माणप्रति राज्यको ध्यान भन्ने पुग्न सकेको छैन् । 
झण्डै १२ किलोमिटर लम्बाई रहेको उक्त सडक खण्ड अन्तर्गतको लोखरम पुल चौक देखि कुनौली वोर्डरसम्मको ३ किमि सडक खण्ड अवशेष मात्र बाूकी रहेको छ । उक्त सडकमा हाल टेम्पो र म्याजिक रिक्सा जोखिम मोलेर चलिरहेको छ । यता वर्षाको समयमा बाटोका कारण ती सवारीसाधन समेत बन्द हुने गरेको छ ।  
सडकको जर्जरताका कारण उक्त क्षेत्रका झण्डै आधा दर्जन गाविसका बासिन्दाहरुको जनजीवन प्रभावित हुन पुगेको छ । यता यस वर्ष तिलाठीस्थित खाँडो पुल बाढीले बगाएपछि उक्त अवशेष वचेको सडकलाई समेत खाूडो नदीले काटन गरेकोे छ । 
यता पहाडी जिल्लाहरुसूग जोडने कञ्चनपुुर–फत्तेपुर सडक खण्डमा विगतमा स्थानियहरुले लामो आन्दोलन गरेका थिए । आन्दोलन पश्चात विभिन्न चरणको सम्झौता पनि गरिए तर सडक निर्माण भने हुन सकेन् । 
यस्तै कठौना–पातो सडक, बिसनपुर–बोदे बर्साइन सडक, इनरुवा–कुनौली सहितका सडकहरुमा पनि सर्वसाधारणहरु अत्यन्त जोखिम पुर्ण यात्रा गर्न बाध्य छन् । यसैगरी जिल्ला स्तरीय कृषि सडकहरु पोर्ताहा–बकधुवा, भारदह–पकरी, रुपनगर–कञ्चनपुर, पथरी–कमलपुर–फत्तेपुर, जण्डौल–कुशहा, महुली–लोहजारा–हनुमाननगर, पकरी–प्रसवनी, हरीहरपुर–पकरी–तिलाठी, विषहरीया–मुसहर्निया, सखडा–गाविन्दपुर, शम्भुनाथ–बनैनिया, कल्याणपुर–वनौली लगायतका सडकहरु पनि नाममा मात्रै सीमित वन्न पुगेको छ । 
सडकको अभावमा त्यस्ता कृषि उपजलाई सहज रुपमा बजारसम्म पु¥याउन सकेमा कृषकको आर्थिक अवस्थामा परिवर्तन आउनुका साथै त्यसले जिल्लाको विकासमा समेत योगदान पुग्ने देखिन्छ ।  
सप्तरीको सडक क्षेत्रमा लगानी गरिएको लाखौं रुपैयाको अनुपातमा उपलब्धी भने शुन्य भएको भन्दा फरक नपर्ने सामाजिक क्षेत्रमा कार्यरत ब्यक्तिहरुको कथन छ । एउटै सडकमा फरक फरक निकायबाट लगानी गरिनु, लगानीको दह्रो प्रतिफल आउने गरी काम नगराउनु, कमीशनको खेल जस्ता कारणहरुले जिल्लाको सडकहरुको स्तर वृद्धि हुन नसकेको हो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट