News Category 2073/05/16

संविधान संशोधन गर्ने कुरा मधेशवादी दललाई बेवकुफ बनाउन र भारतलाई खुशी पार्न मात्र ः थापा

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १५ भदौ । 
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संविधान संशोधन गर्ने कुरा वर्तमान सरकारले मधेशवादी दललाई वेवकुफ बनाउन र भारतलाई खुशी पार्न गरेको बताउनु भएको छ । 
राजविराजमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले प्रधानमन्त्रीले भारत भ्रमण गर्नुभन्दा अगाडि संविधान संशोधन गरेर जाने आश्वासन दिनु नेपाली जनतालाई आँखामा छारो हाल्नु वाहेक केहि नभएको आरोप लगाउनुभयो । 
यस्तै उहाँले स्थानीय निकायको निर्वाचन हुन नसक्ने बताउनुभएको छ । पूर्व सरकारले मंसिरमा स्थानीय निकायको चुनाव घोषणा गरेको तर वर्तमान सरकारले चैतमा स्थानीय निकायको निर्वाचन हुन्छ भनेर अन्यौलमा पारेको आरोप लगाउनुभयो । 
उहाँले आउँदो चैतमा समेत स्थानीय निकायको चुनाव नभए २०७४ को मंसिरमा तीन÷तीनवटा चुनाव हुन गाहे हुने जिकिर गर्नुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट