News Category 2073/05/16

नागरिक वडापत्रमा रहेका विषयहरुलाई समावेश गरी पुस्तक प्रकाशन

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १५ भदौ । 
सप्तरी जिल्लाका सरकारी कार्यालयहरुको नागरिक वडापत्रमा रहेका विषयहरुलाई समावेश गरी पुस्तक प्रकाशन गरिएको छ । 
जिल्ला प्रशासन कार्यालयको पहलमा प्रकाशन गरिएको उक्त पुस्तकमा जिल्लस्थित रहेका सम्पूर्ण कार्यालयको जानकारी दिइएको छ । पुस्तकमा कुन काम गर्दा कति शुल्क लाग्ने ? सम्बन्धी जानकारी समेत दिइएको छ । पुस्तक सबै गाविसमा पु¥याइने लक्ष्य राखिएको छ । 
प्रकाशन गरिएको पुस्तकबाट सर्वसाधारणले सेवा सहज रुपमा प्राप्त गर्न मद्दत पुग्ने तथा त्यसमा रहेको जानकारी जनस्तरसम्म पु¥याउने उद्देश्यले प्रकाशन गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले जानकारी दिनुभयो । 
पुस्तकमा सदरमुकाम राजविराजसहित जिल्लाको बिभिन्न ठाउँमा रहेका ४३ वटा कार्यालयका नागरिक वडापत्र समावेश गरिएको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला विकास समितिले संयुक्त रुपमा यो पुस्तकको प्रकाशन गरेको हो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट