News Category 2073/05/17

डा. दीपाले बिरामीका आफन्तलाई हाने झापड प्रसुती गराउन आएकी बिरामीप्रति वेवास्ता

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १६ भदौं ।
सप्तरीको एक मात्र सरकारी अस्पताल गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पतालका चिकित्सकले उपचार गराउन आएका बिरामी र उनका आफन्तलाई दुव्र्यबहार मात्र होइन् कुटपिट समेत गरेका छन् ।
दुव्र्यबहारको बिषयमा पीडितहरुले बिहीबार पत्रकारहरुलाई जानकारी गराउँदै अस्पतालका चिकित्सक डा. दीपा यादवले एक जना बिरामीका कुरुवालाई थप्पड हान्नुका साथै प्रसुती गराउन आएकी एक महिला र उनको परिवारजनसँग दुव्र्यबहार गरेको बताइएको छ । 
सोही पत्रकार सम्मेलनमा सप्तरीको झुटकी ७ कजरा टोलकी महिला रुक्मिणी यादवका पति सन्तोषले श्रीमतीलाई बुधबार बिहान ८ बजे अस्पतालमा भर्ना गराइएको जानकारी दिए । सोही दिन ड्युटिमा आएकी डा. यादवले यसअघि कहाँ जँचाएको प्रश्न गरेपछि सन्तोषले आफूले भारतको दरभंगामा जँचाएको भन्ने बित्तिकै डा. यादवले बच्चा जन्माउन यहाँ किन आइस् त पटनातिर जा भन्नुभएको जानकारी दिए ।
पत्रकारहरुलाई सन्तोषले शुरुमा डा. यादवकै क्लिनिकमा जँचाएको तर ठीक नभएपछि भारतको दरभंगा गएर जँचाएको जानकारी दिए । उनका अनुसार शुरुमा रुक्मिणीलाई बच्चा नै रहँदैन्थ्यो । दरभंंगा जँचाएपछि बच्चा पल्न थालेको र प्रसुती गराउन उनी पत्नीलाई यहाँ ल्याएको बताए । 
यसपछि सन्तोषले शुरुमा डा. दीपा यादवले यस्तो बताएपनि बिहीबार बिहान श्रीमतिलाई व्यथाले च्याप्न थाल्दा आफूहरु त्रसित भएको बताए । ‘व्यथा बढ्दै जाँदा श्रीमति काम्न थालिसकेकी थिइन्’ सन्तोषले भने, “यसपछि अस्पतालमा रहेका सिस्टरहरुले डाक्टरलाई बोलाउन भनिन् । 
यसपछि डा. यादवलाई भन्दा आउन नमानेको र आफूले यदी आउनुभएन् भने ठीक हुँदैन् भनेपछि उहाँ आफ्नो श्रीमतितिर आएको सन्तोषले बताए । डा. दीपा आउँदा बच्चा आधा निस्किसकेको र त्यसबीचमा डा. यादवले सहयोग गर्नुको सट्टा ‘यसलाई माथि लग अप्रेशन गर्नुपर्छ’ भन्न थालेको सन्तोषको भनाई छ । तर एकछिनमै बच्चा पूर्ण रुपमा जन्मेको सन्तोषले सुनाए । 
यता डा. दीपाले जहाँ जँचाउने हो, त्यहीं प्रसुति गराउनु भनेर प्रतिकृया दिएपछि सन्तोषले ‘यो त सबैको अस्पताल हो, यहाँ किन नल्याउने ?’ सम्पूर्ण सरोकारवालाहरुसँग प्रश्न ते¥याएका छन् । 
यसअघि डा. यादवले भारतबाट उपचार गराउन आएका एक बिरामीका कुरुवालाई बुधबार नै झापड समेत प्रहार गरेकी छन् । 
भारतको बिहार राज्य अन्तर्गत छातापुरबाट उपचार गराउन आएकी गुलेसा खातुनको कुरुवालाई उनले झापड प्रहार गरेकी हुन् । गुलेसाकी जेठानी बसेरुबले डा. यादवसँग ‘के गर्नु भनेर सोध्न मात्रै गएकी थिएँ’ उनले गालामा एक चड्कन लगाएको उनले भनिन् । 
डा. दीपा यादवले आफूमाथि लगाइएको सम्पूर्ण आरोप .गलत भएको बताएकी छन् । आफूले कसैलाई कुनै किसिमको दुव्र्यबहार नगरेको बताउँदै उनले आफूबिरुद्व षडयन्त्र भएको बताइन् । 
यद्यपी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. दिलिप साहले आफूलाई यसबारे कुनै जानकारी नभएको बताए । उनले डा. यादवले यदी त्यस्तो गरेको हो भने गर्न पाउँदैनन् भन्दै आफू यसबारेमा अनुसन्धान गरिहरेको पत्रकारहरुलाई जानकारी दिए । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट