News Category 2073/05/17

एकपक्षीय ढंगले गठन गरिएको विभिन्न समितिलाई मान्यता नदिने ः पोलिटब्यूरो सदस्य यादव

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १६ भदौं ।
नेकपा (माओावदी केन्द्र) प्रदेश नं. २ को काठमाडौंमा भदौं १२ गतेदेखि १४ गतेसम्म सम्पन्न सचिवालय बैठकले विभिन्न निर्णय गरेको छ ।
बैठकले सप्तरी जिल्लामा हालै मनपरी एकपक्षीय ढंगले गरेको विभिन्न समिति गठन अमान्य र अवैधानिक भएको ठहर गर्दै त्यस्ता समितिलाई मान्यता नदिने निर्णय गरेको नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य महेश यादवले जानकारी दिनुभएको छ ।
हालै एकपक्षले राजु विश्वकर्माको नेतृत्वमा गठन गरेको प्रेस सेन्टर नेपाल, रामचन्द्र यादवको नेतृत्वमा गठन गरिएको विद्युतीय रिक्सा मजदुर संघ र अनिल चौधरीको नेतृत्वमा गठन गरिएको अखिल नेपाल खेलकुद महासंघ पुर्ण रुपमा अवैधानिक तथा पार्टीको नीति विपरितको कार्य भएको ठहर गर्दै बैठकले सो समितिहरुलाई मान्यता नदिने निर्णय गरेको गरिएको हो । 
जिल्लामा नेकपा (माओवादी केन्द्र) मा समाहित सवै पक्षलाई नसमेटि एकपक्षीय ढंगले गठन गरिएको विभिन्न समितिलाई अवैध भन्दै बैठकले सो समितिलाई मान्यता नदिने निर्णय गरेको पोलिटब्युरो सदस्य यादवले बताउनुभयो ।
त्यस्तै सप्तरी सदरमुकाम राजविराजमा आगामी असोज १८ र १९ गते जिल्ला एकता भेला तथा प्रशिक्षण कार्यव्रmमको आयोजना गर्ने निर्णय गरिएको छ । 
त्यस्तै असोज १६ र १७ गते सिराहा, असोज १३ र १४ गते धनुषा,  असोज १० र ११ गते महोत्तरी, अ सोज ८ र ९ गते सर्लाही, असोज ६ र ७ गते रौतहट, भाद्र २६ र २७ गते बारा र भाद्र २४ र २५ गते पर्सामा एकता भेला तथा प्रशिक्षण कार्यव्रmमको आयोजना गरिने छ ।
त्यसैगरी गोरखाको पालुंगटार बैठकमा राज्य समिति सदस्यको हैसियतमा बैठकमा सहभागीहरुलाई अहिले पार्टीमा व्रिmयाशील भएकोहरुलाई आयोजक समितिमा राख्ने र माओवादी केन्द्रमा एकताको प्रकृयामा आएकाहरुको हकमा पार्टीले सिफारिस गरिएकोहरुलाई आयोजक समितिमा राखिने पोलिटब्युरो सदस्य यादवले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट